अटो

दोस्रो एओजी नाइट राइड सम्पन्न

इकागज |
माघ १६, २०८० मंगलबार २१:४९ बजे

काठमाडौँ- नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शुक्रबार र शनिबार काठमाडौँको नक्साल शोरुमदेखि सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड धुमधामका साथ सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ, मृगेन बनर्जी र डीजीएम,  विक्रम पौडेलद्वारा गरिएको थियो ।


२५ जना राइडरहरूको सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरू डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए । माघ १२ गते सुरु भई माघ १३ गते सम्पन्न भएको यस ओभरनाइट राइडमा एओजीका सदस्य, डा. दिपककुमार दासको पनि सहभागिता रहेको थियो ।

ओभरनाइट राइडको बारे बोल्दै डा. दिपक कुमारले भने, 'यस अपाचे ओनर्स ग्रुपले मलाई साथी मात्र नभई एउटा परिवार प्रदान गरेको छ । म आफैँ अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु । आगामी दिनहरूमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु ।'

कार्यक्रमको दोस्रो दिन हाम्रा हेड मार्शलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो । जसमा रेमन दास श्रेष्ठ ज्यूद्वारा (होस्ट/अभिनेता/भिजे) विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए । रेमन दास श्रेष्ठ आफैँ पनि यस सवारीको एक हिस्सा रहेका थिए । राइडका क्रममा उनले बाइकको प्रदर्शन र यसको लुक मन परेको बताए ।


Author

थप समाचार
x