कला

प्रेमिकाले फालेकी थिइन् अनुपम खेरको टाउकोमा चाउचाउ

इकागज |
चैत १२, २०८० सोमबार १०:२३ बजे

मुम्बई- बलिउडका दिग्गज अभिनेता अनुपम खेर आफ्नो निरन्तर अभिनयका लागि परिचित छन् । कमेडीदेखि नेगेटिभ सबै किसिमका पात्रमा उनले आफूलाई प्रमाणित गरेका छन् ।

सन् १९८४ मा रिलिज भएको फिल्म सारांश उनको पहिलो सफल फिल्म थियो । तर, समयसँगै अनुपमले फरक–फरक पात्रमा देखापर्दै दर्शकलाई दिग्गज कलाकार भनेको के हो ? भनेर देखाइसकेका छन् । यी दिग्गज अभिनेताले एक पटक आफ्नो व्यक्तिगत जीवनमा एक समय यस्तो असफलता देखे, जब उनले भिक्षु बन्ने सोच्न थाले ।


आफ्नो पोडकास्ट शो अनुपम केयरमा अनुपम खेरले आफ्नो एक प्रेमिकाको कारणले गर्दा सानै उमेरमा उनलाई यस्तो भावनात्मक झटका लागेकाले भिक्षु बन्ने सोच्न थालेको थिए । मनको शान्तिका लागि आश्रम जानुपरेको थियो । यो कथा अनुपम खेर आफैले सुनाएका थिए ।

त्यतिबेला अनुपमले आफू एउटी युवतीलाई डेट गरिरहेको बताए । उनको नाम राधा थियो । एकपटक डेटिङको क्रममा राधाको छेउमा तीन जना केटीहरू बसिरहेका थिए, जो उनलाई हेरेर हाँसेका थिए ।

त्यसमा राधालाई अनुपमको उनीहरूमध्ये एकसँग अफेयर रहेको महसुस भयो । यस्तो अवस्थामा राधा क्रोधित भइन् र ती केटीहरूको टेबुल नजिक पुगिन् र त्यहाँ उभिएर अनुपमलाई भनिन् कि ‘तिम्रो प्रेमिका को हो ? भन् ।’

यसपछि राधा क्रोधित भइन् र उनको टाउकोमा चाउचाउको थाली पल्टाइदिइन् । अनुपमले सो घटना सम्झँदा पनि निकै अनौठो लाग्ने गरेकोसमेत बताएका थिए । उनले भने, ‘उनले फालेको चाउचाउ मेरो टाउकोमा झुण्डिएको थियो ।’


Author

थप समाचार
x