कला

४० दिनमा 'एनिमल'ले कति कमायो ?

इकागज |
पुस २६, २०८० बिहीबार ७:३८ बजे

मुम्बई- रणवीर कपूरको फिल्म ‘एनिमल’ रिलिज भएको ६ हप्ता भइसकेको छ र आज पनि यो फिल्मले बक्स अफिसमा कमाइ गरिरहेको छ । 

पहिलेको तुलनामा फिल्मको दैनिक कलेक्सनमा ठूलो गिरावट आएपनि रणवीर कपुरको ‘एनिमल’ले विश्वव्यापी बक्स अफिसमा धमाकेदार कीर्तिमान बनाउँदै गएको छ ।


'डंकी' र 'सालार' जस्ता ब्लकबस्टर फिल्महरूको बीचमा रणवीर कपूरको ‘एनिमल’ले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ । सकनिल्कको रिपोर्टका अनुसार रणवीर कपूरको फिल्म ‘एनिमल’ले बक्स अफिसमा ९०० करोडको विश्वव्यापी कलेक्सन गरेर इतिहास रचेको छ । यी ४० दिनको कमाईको तथ्याङ्क हुन् । रणवीर कपुरले फिल्म ‘एनिमल’मार्फत यो ठूलो कीर्तिमान आफ्नो नाममा बनाएका छन् ।

रणवीर कपुरको ‘एनिमल’ले भारतमा पनि राम्रो कमाइ गरिरहेको छ । सकनिल्कका अनुसार फिल्मले पछिल्लो ४० दिनमा भारतमा ५५१.२१ करोड कमाएको छ । ‘पठान’ र ‘गदर २’ को कमाईको रेकर्ड पनि 'एनिमल'ले भारतमा राखेको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार किंग खानको ‘पठान’ ले ५४३.०५ करोड र सनी देओलको ‘गदर २’ ले ५२५.४५ करोडको व्यापार गरेको थियो । अब घरेलु बक्स अफिसमा ६४३.८७ करोड कमाउने शाहरुख खानको ‘जवान’को रेकर्ड ‘एनिमल’ले तोड्छ कि सक्दैन ? त्यो हेर्न बाँकी छ ।


Author

थप समाचार
x