कला

शाहरूखको डंकी ४०० करोड क्लबको नजिक

इकागज |
पुस १७, २०८० मंगलबार ९:२७ बजे

मुम्बई- राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म ‘डंकी’को बक्स अफिसमा दबदबा जारी छ ।

गत २१ डिसेम्बर, २०२३ मा विश्वभरका थिएटरहरूमा रिलिज भएको फिल्मले बक्स अफिसमा ठूलो कमाई गरिरहेको छ ।


‘सलार’ जस्तो ठूलो एक्सन फिल्मसँग टक्कर भएपनि यो फिल्म पर्दामा मात्र टिकिरहेको छैन, सन्‌ २०२३ को शाहरुख खानको तेस्रो ब्लकबस्टर फिल्म पनि साबित भएको छ । सन् २०२३ मा किंग खानका तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ रिलिज भएका थिए र यी तीनैले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेका छन् ।

‘डंकी’ ले घरेलु बक्स अफिसमा मात्रै बलियो कलेक्सन गरेको छैन, विश्वभर पनि राम्रो कमाइ गरिरहेको छ । फिल्मले ४ सय करोडको आँकडा पार गर्ने नजिक पुगेको छ ।

फिल्मको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टले इन्स्टाग्राममा पोष्ट गरेको छ कि फिल्मले ११ दिनमा विश्वभर ३८०.६० करोड भारु कमाएको छ भने घरेलु बक्स अफिसको कमाई पनि ‘डंकी’को २०० करोडको नजिक पुगिसकेको छ ।

प्रभासको ‘सलार’, ‘डंकी’ रिलिज भएको भोलिपल्ट अर्थात २२ डिसेम्बर २०२३ मा रिलिज भएको थियो । जसका कारण फिल्मको कमाईमा केही असर परेको थियो । तर, अहिले शाहरुख खानको यस वर्षको तेस्रो फिल्म डंकीले पनि उत्तिकै राम्रो कलेक्सन गरिरहेको छ ।

‘सलार’को विश्वव्यापी कलेक्सनको कुरा गर्ने हो भने यो ‘डंकी’भन्दा बढी रहेको छ । जसअनुसार  ‘सलार’ले विश्वव्यापी कलेक्सन ६०० करोड क्लबमा पुगेको छ ।


Author

थप समाचार
x