कला

‘डंकी’ले कमायो ११ दिनमा ३६१.३० करोड

इकागज |
पुस १६, २०८० सोमबार ८:४३ बजे

मुम्बई- शाहरुख खानको फिल्म ‘डंकी’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ ।

राजकुमार हिरानीले निर्देशन गरेको यो पारिवारिक मनोरञ्जनात्मक चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । कमेडीसँगै ‘डंकी’ले सामाजिक सन्देश पनि दिने यो फिल्मले बजार तताइरहेको छ । 


डिसेम्बर २१ मा हलमा रिलिज भएको यो मल्टिस्टार फिल्मले सोचेभन्दा राम्रो कमाई गर्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जसका कारण फिल्मले बक्स अफिसमा लगातार राम्रो कमाई गरिरहेको छ । चलचित्रले ११ औँ दिनमा पनि आफ्नो पकड कायम राखेको छ । त्यसैले वर्षको अन्तिम दिन अर्थात दोस्रो आइतबार फिल्मको बक्स अफिस कलेक्सन राम्रो रहेको छ । 

शाहरूखको प्रोडक्सन कम्पनीका रेड चिल्ली इन्टरटेन्मेन्टका अनुसार ‘डंकी’ विश्वव्यापी रूपमा ३६१.३० करोड कलेक्सन गरिसकेको छ । 

सैकनिल्कको रिपोर्ट अनुसार भारतमा मात्रै ‘डंकी’ले रिलिजको ११ औँ दिन अर्थात आइतबार ९.५ करोड भारूको शानदार कलेक्सन गरेको छ । योसँगै ‘डंकी’को हालसम्म भारतमा मात्रै कुल संकलन १८५.७२ करोड रहेको छ । जसअनुसार नयाँ वर्षमा पनि ‘डंकी’को कमाई बढ्ने अपेक्षा गरिएको छ ।

फिल्मको हालसम्मको कमाईलाई हेर्दा ‘डंकी’ले भारतीय बजारमा छिट्टै २०० करोडको आँकडा पार गर्ने देखिएको छ ।

राजकुमार हिरानीको फिल्ममा शाहरुख खान फरक अवतारमा देखिएका छन् । यो फिल्मबाट खानले छुट्टै जादू बनाएका छन् । यसमार्फत तापसी र शाहरुख पहिलो पटक स्क्रिन सेयर गरेका छन् । फिल्ममा यी दुईबाहेक विक्की कौशल, बोमन इरानी, ​​अनिल ग्रोवर र विक्रम कोचरको पनि महत्वपूर्ण भूमिका छ ।


Author

थप समाचार
x