कला

डंकी हेर्ने नेपाली दर्शकलाई शाहरुखले भने- धन्यवाद नेपाल

इकागज |
पुस ७, २०८० शनिबार ११:२६ बजे

फाइल तस्बिर

मुम्बई- बलिउड सुपरस्टार शाहरूख खानले डंकी हेर्ने नेपाली दर्शकप्रति आभार प्रकट गरेका छन् ।

गत बिहीबारदेखि सुरु भएको डंकीको पहिलो शो हेर्ने दर्शकको भिडियोमा प्रतिक्रिया दिँदै शाहरुखले नेपाली दर्शकलाई धन्यवाद दिएका हुन् ।


‘धन्यवाद नेपाल, तपाईंसँग रमाइलो भयो, अब आफ्नो परिवारलाई लिएर सप्ताहन्तमा पनि फिल्म हेर्नुहोस्, यो न्यानो, रमाइलो र भावनात्मक सवारी हो ।’


Author

थप समाचार
x