कला

अग्रिम टिकट बिक्रीमा 'डंकी'लाई उछिनेको 'सलार'ले कति कमायो ?

इकागज |
पुस ६, २०८० शुक्रबार ८:७ बजे

मुम्बई- सुपरस्टार शाहरूख खानको फिल्म ‘डंकी’ हिजो अर्थात २१ डिसेम्बरमा रिलिज भएको छ । 

अब प्रभासको ‘सलार’ आज अर्थात २२ डिसेम्बरमा हलमा रिलिज हुँदैछ । शुक्रबार बक्स अफिसमा यी दुवै ठूला चलचित्र भिड्दैछन् । अचम्मको कुरा के छ भने प्रभासको ‘सलार’ले अग्रिम बुकिङमा नै ‘डंकी’को पहिलो दिनको कलेक्सनभन्दा बढी रहेको छ ।


साउथ सुपरस्टार प्रभासको फिल्म ‘सलार’को टिकट अग्रिम बुकिङमार्फत बिक्री भइरहेको छ । सकनिल्कको रिपोर्टका अनुसार यो चलचित्रको सबैभन्दा बढी टिकट तेलुगु संस्करणको बिक्री भएको छ, जसका कारण ‘सलार’को सबैभन्दा बढी कमाई २७ करोड भारु रहेको छ ।

यसरी ‘सलार’ ले मलयालम संस्करणबाट १.७३ करोड र तमिल संस्करणबाट १.३२ करोड कमाइसकेको छ । अग्रिम टिकट बिक्री गर्दै 'डंकी' ले १० करोड २६ लाख भारू कमाएको थियो ।

‘सलार’को हिन्दी संस्करणबाट अहिलेसम्म निर्माताले अग्रिम बुकिङमा ३.५१ करोड रुपैयाँ मात्र कमाएका छन् । योसँगै कन्नड संस्करणका लागि फिल्मको २१ हजार ६६८ टिकट बेचेर ३८ लाख रुपैयाँ कमाएको उल्लेख छ । यसरी प्रभासको ‘सलार’ ले रिलिजअघि नै ३४.४५ करोडको व्यापार गरिसकेको छ ।

तर, यो प्रारम्भिक अनुमान हो किनभने फिल्मको अग्रिम बुकिङ जारी छ र अबको केही घण्टामा यसको कलेक्सन अझै बढ्न सक्छ ।


Author

थप समाचार
x