कला

अस्ट्रेलिया र क्यानडामा धेरै कमाउने पहिलो हिन्दी फिल्म बन्‍यो 'एनिमल'

इकागज |
पुस ४, २०८० बुधबार ९:८ बजे

मुम्बई- बलिउडको एक्सन थ्रिलर फिल्म 'एनिमल'को क्रेज अन्त्य हुन सकेको छैन ।

सन्दीप रेड्डीको निर्देशनमा बनेको यो फिल्मले भारतमा मात्रै होइन देशबाहिर पनि हलचल मचाएको छ । अब यसले नयाँ-नयाँ रेकर्ड बनाएको छ । 'एनिमल' फिल्मले अस्ट्रेलिया र क्यानडामा हालसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको 'एनिमल' फिल्मले सामाजिक सञ्जालमा जानकारी दिएको छ । यसअघि यो स्थिति शाहरुख खानको फिल्म पठानको नाममा थियो ।


एक रिपोर्ट अनुसार 'एनिमल' फिल्मले अस्ट्रेलियामा लगभग ४७ लाख ५० हजार डलर र क्यानडामा लगभग ६१ लाख ३५ हजार डलर कमाई गरेको छ । यो कमाइ रिलिजको १८ दिनभित्रको हो ।

यो चलचित्र हलमा आएको १८ दिन भइसकेको छ र अझै पनि यो चलचित्र हेर्नको लागि ठूलो संख्यामा दर्शक हलमा पुगिरहेका छन् । रणवीर कपूर र बबी देओलको यो फिल्म ‘साम बहादुर’ फिल्मसँगै डिसेम्बर १ मा सिनेमाघरमा रिलिज भएको थियो ।

रणवीर र बबीको यो फिल्म हिन्दीबाहेक तमिल र तेलुगु भाषामा पनि रिलिज भएको छ । तमिल भाषामा फिल्मको कलेक्सन राम्रो थियो तर हिन्दी र तेलुगुमा फिल्मले ठूलो कमाइ गरेको थियो । आइतबार अर्थात १७ औँ दिन फिल्मको कमाई करिब १३.५ करोड रहेको थियो भने सोमबार पनि राम्रो कमाई गरेको थियो । अहिलेसम्म हिन्दी भाषामा ४६९.७९ करोड कमाइसकेको बताइएको छ ।

'एनिमल' चलचित्रले हलमा कमाउन मात्र ३ दिन बाँकी छ । वर्षको अन्त्यसँगै शाहरुख खानको  ‘डंकी’ र प्रभासको ‘सालार’ क्रिसमसको अवसरमा रिलिज हुँदैछन् । यी चलचित्रहरू डिसेम्बर २२ मा हलमा रिलिज हुनेछन् ।


Author

थप समाचार
x