कला

एनिमल फिल्मको प्रभाव : छुट्टिएका बाउ-छोराबीच पुनर्मिलन

इकागज |
मंसिर २६, २०८० मंगलबार ९:२८ बजे

मुम्बई- एनिमल चलचित्रहरूको क्रेज सुस्त हुने संकेत देखिँदैन । रिलिजको दिनदेखि नै चर्चामा रहेको यो फिल्मको क्रेज दिनप्रतिदिन बढ्दै गएको छ ।

यही कारणले गर्दा सायद अहिले फिल्म एनिमलको प्रभाव वास्तविक जीवनमा पनि देखिन थालेको छ । वास्तवमा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसअनुसार एनिमल चलचित्रका कारण बाबु र छोराबीचको रिस हटेको छ र उनीहरू दुवैबीचमा पुनर्मिलन भएको देखिएको छ ।


अहिले यो भिडियो भाइरल भएको देखेर मानिसहरू भावुक भएका छन् । यो भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल भयानी नामको एकाउन्टबाट शेयर गरिएको छ । जसको क्याप्सन यस्तो छ- ‘यो सन्दीप रेड्डी वांगाको फिल्मको प्रभाव हो ।’ यो भिडियोलाई अहिलेसम्म १ लाख १३ हजारभन्दा बढीले लाइक गरेका छन् । भिडियो हेरिसकेका प्रयोगकर्ताहरूले यसमा विभिन्न प्रतिक्रिया दिइरहेका छन् र आफ्नो भावना व्यक्त गरिरहेका छन् ।

भिडियोमा देख्न सकिन्छ कि कसरी छोराको आँखामा खुशीको आँसु लिएर बाबुको खुट्टा छुन्छ र त्यसपछि बाबुले छोरालाई मायाले अँगालो हाल्छन् । यस क्रममा दुवैको आँखा आँसुले भिजेको देखिन्छ । भिडियोका अनुसार डेढ वर्षको आक्रोश अन्त्य गरेर बाबुलाई भेटेपछि छोराको खुशी आँखाबाट झल्किएको थियो । दुवैले अलग-अलग रूपमा रणवीरको एनिमल हेरेका थिए, जसले उनीहरूलाई भावुक बनाएको जनाइएको छ । त्यसपछि उनीहरूबीचमा पुनर्मिलन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

हालै रिलिज भएको चलचित्र एनिमलमा बाबु छोराको जटिल सम्बन्धलाई एकदमै फरक ढंगले देखाइएको छ । फिल्ममा रणवीर एक छोराको भूमिकामा छन्, जो आफ्ना बुवा अनिल कपूरको माया पाउन चाहन्छन् । फिल्ममा रणवीर आफ्नो बुवाको खुशी र सुरक्षाका लागि जुनसुकै हदसम्म जान तयार देखिन्छन् । फिल्मको यो दृश्यको प्रभाव अहिले वास्तविक जीवनमा पनि देखिएको छ ।

यस फिल्ममा रणवीर कुपर र अनिल कपूरबाहेक रश्मिका मन्दाना, बबी देओल र तृप्ती डिमरी जस्ता सुन्दर स्टारहरू पनि देख्नुहुनेछ ।


Author

थप समाचार
x