कला

आमिर खान फसे २४ घण्टासम्म मिचोङ्ग आँधीमा

इकागज |
मंसिर २०, २०८० बुधवार ७:९ बजे

मुम्बई- चक्रवात मिचोङ्गले चेन्नईमा ठूलो क्षति पुर्‍याएको छ । यतिबेला सिंगो सहर पानीमा डुबेको देखिन्छ । 

यसैबीच चेन्नईबाट अर्को खबर आएको छ कि बलिउड अभिनेता आमिर खान पनि पछिल्लो २४ घण्टामा यो आँधीमा फसेका छन् । उनीसँगै अभिनेता विष्णु विशाल पनि छन् ।


वास्तवमा हालै सामाजिक सञ्जालमा केही तस्बिरहरू बाहिर आएका छन् । जसमा फायर एण्ड रेस्क्यू डिपार्टमेन्टले आमिर खानलाई बचाएको र उद्दार गरेको देखिएको छ । आमिरसँगै अभिनेता विष्णु विशाल पनि आँधीमा फसेका छन् । उनीहरू दुवैलाई २४ घण्टापछि सकुशल बाहिर निकालिएको छ ।

विष्णु विशालले आफैँले आफ्नो एक्स अकाउन्टमा केही तस्बिर सेयर गरेर यो जानकारी दिएका छन् । आमिर खान र उद्धार विभागसँगका केही तस्बिरहरू सेयर गर्दै विष्णु विशालले क्याप्सनमा लेखेका छन्,  ‘हामीजस्ता फसेका मानिसहरूलाई मद्दत गरेकोमा अग्नि तथा उद्धार विभागलाई धन्यवाद र निरन्तर काम गर्ने सबै प्रशासनिक व्यक्तिहरूलाई पनि धन्यवाद ।’ तस्बिरमा आमिर र विष्णु डुंगामा बसेको देखिएका छन् ।

आमिर खानको वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेता अन्तिम पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । फिल्ममा उनको साथमा करिना कपुर देखिएकी थिइन् । तर फिल्मले बक्स अफिसमा निकै खराब हालतमा थियो । त्यसपछि अभिनेताले केही समयको लागि अभिनयबाट ब्रेक लिए ।


Author

थप समाचार
x