कला

शाहरुखले खोले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको कारण

इकागज |
मंसिर ११, २०८० सोमबार ९:६ बजे

मुम्बई- शाहरुख खानले सुपरस्टार अक्षय कुमारसँग १९९० को दशकमा ठूलो हिट फिल्ममा काम गरे तर दुवैले त्यसपछि एकसाथ कुनै फिल्म खेलेनन्  ।

शाहरुख खानको फिल्म इन्डस्ट्रीका सबै अभिनेता र अभिनेत्रीसँग निकै राम्रो सम्बन्ध छ । सुपरस्टार खानले अक्षय कुमारसँग कहिल्यै काम गर्न नसक्ने बताएका थिए र त्यसको कारण भने निकै रमाइलो थियो । उनले अक्षय कुमारबाहेक अरु कसैको कुरा गरेका थिएनन् ।


एक अन्तवार्तामा जब पठान अभिनेतालाई अक्षयसँग थप फिल्म गर्ने हो कि ? भनेर सोधिएको थियो, उनले भने, ‘यसमा म के भन्न सक्छु ? म त्यति चाँडो उठ्दिन, अक्षय ब्यूँझिएपछि बल्ल म सुत्न जान्छु ।’

शाहरुखले थप भने– ‘अक्षयको दिन चाँडै सुरु हुन्छ । जब म काम सुरु गर्छु, अक्षय प्याक गरेर घर गइसकेको हुन्छन् । त्यसैले उसले धेरै घण्टा काम गर्न सक्छ । न त म जस्तै धेरैलाई रातमा सुटिङ गर्ने मन छ ।’

शाहरुखले भने, ‘यदि उनी र अक्षय फिल्मका लागि सँगै आए भने सेटमा कहिल्यै भेट्ने छैनन्’, उनले हाँस्दै भने, ‘उनी सुटिङ सकाएर घर फर्किँदा म भने बल्ल सेटमा पुग्दै गरेको हुन्छु ।’

अक्षय कुमारको बारेमा कुरा गर्दै अभिनेताले भने, ‘म अक्षय र उनले जस्तै काम गर्न चाहन्छु तर हाम्रो समय नै मिल्दैन ।’

अक्षय कुमार र शाहरुख खानले सन् १९९७ मा यश चोपडाको फिल्म ‘दिल तो पागल है’ मा सँगै काम गरेका थिए । जुन सुपरडुपर हिट भएको थियो । 


Author

थप समाचार
x