कला

करिनासँग भएको 'लिप किस'का बारेमा वर्षौँपछि शाहिदले भने- के सोचेको थिएँ, के भइदियो

इकागज |
असार २६, २०८० मंगलबार १०:१४ बजे

मुम्बई- एक समय इन्डस्ट्रीमा शाहिद कपुर र करिना कपुरको अफेयरको चर्चा निकै हुने गर्दथ्यो ।

भनिन्छ, जब फिल्म ‘जब वी मेट’ आयो, तबसम्म दुवैको ब्रेकअप भइसकेको थियो । तर, आज हामी तपाईंलाई शाहिद कपुर र करिनासँग जोडिएको एउटा यस्तो घटनाको बारेमा बताउन गइरहेका छौँ, जसको धेरै हेडलाइन बनाइयो । यो सम्पूर्ण मामिला सन् २००४ मा भाइरल भएको एउटा भिडियोसँग सम्बन्धित छ ।


लिक भएको यो भिडियोमा शाहिद कपुर र करिना कपुर 'लिप लक' गरेको देखिएका छन् । भनिन्छ, सुरुमा शाहिदले आफू तस्विरमा नभएको बताएका थिए तर वर्षौंपछि दिएको एक अन्तरवार्तामा अभिनेताले यो घटनाबारे खुलेर कुरा गरेका थिए ।

मिड डेलाई दिएको अन्तरवार्तामा शाहिदले भनेका थिए, ‘त्यतिबेला म पूर्ण रूपमा टुटेको थिएँ, म २४ वर्षको थिएँ र मसँग गोपनियता नभएको र त्यसलाई जोगाउन केही गर्न सकिनँ जस्तो लाग्यो । सबै धेरै अनौठो भएको थियो, मैले के सोचेको थिएँ, के भइदियो ।'

शाहिद थप भन्छन्, ‘त्यस उमेरमा यी सबैको सामना गर्नु निकै कष्टप्रद थियो, खासगरी जब तपाईं आफैंले आफ्नो भावना बुझाउन सकस हुन्छ, त्योभन्दा माथि तपाईंले सोचिरहनुभएको छ कि तपाईंले डेट गरिरहनुभएको केटीसँग कसरी बस्ने ? यसले थप पीडा दिन्थ्यो किनभने पहिला म मान्छे हुँ र त्यसपछि मात्र अभिनेता हुँ ।'

मिडिया रिपोर्टका अनुसार शाहिदको एक पटक प्रियंका चोपडासँग पनि अफेयर थियो । तर, शाहिदले २०१५ मा मीरा राजपूतसँग विवाह गरेका थिए । वर्कफ्रन्टको कुरा गर्दा शाहिद कपूर हालै फिल्म ‘ब्लडी डैडी’ मा देखिएका थिए । यसअघि शाहिद कपूर वेबसिरिज ‘फर्जी’ मा देखिएका थिए, जसमा अभिनेताको कामको निकै प्रशंसा भएको थियो ।

 

 


Author

थप समाचार
x