कला

ब्रेकअपपछि पहिलो पटक सँगै देखिए टाइगर श्राफ र दिशा पटानी

इकागज |
असार १८, २०८० सोमबार ८:५१ बजे

मुम्बई- हालै दिशा पटानी र टाइगर श्राफ दिल्लीको एक कार्यक्रममा सँगै देखिएका छन् । 

ब्रेकअपपछि दिशा–टाइगर पहिलो पटक सार्वजनिक रूपमा सँगै देखिएका हुन । यस सम्बन्धमा एउटा भिडियो पनि सामाजिक सञ्जालमा आएको छ । रिपोर्टका अनुसार दिशा र टाइगर कार्यक्रममा सहभागी हुन मुम्बईबाट दिल्ली पुगेका थिए ।


भिडियोमा दिशा र टाइगर कार्यक्रममा एक अर्काको छेउमा बसेर कुराकानी गरिरहेको देखिन्छ । यस बाहेक दिशा र टाइगर एयरपोर्ट पुगेका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । तर, दुवैले पापाराजीलाई फरक–फरक पोज दिए । टाइगरले क्यामेराको लागि पोज दिँदा दिशा पछाडि उभिरहेकी थिइन् । टाइगरपछि दिशा क्यामेराको अगाडि आइन् र पोज दिइन् ।

कार्यक्रममा टाइगर श्राफले कालो टि–सर्ट र कालो प्यान्ट लगाएका  थिए । दिशा पटानीले यसलाई बैजनी क्रप टप, सेतो प्यान्ट र स्नीकर्समा स्टाइल गरेकी थिइन् । दुबैले सनग्लास पनि लगाएका थिए । कार्यक्रममा टाइगरकी बहिनी कृष्णा श्राफ दिशाको छेउमा बसेकी थिइन् ।

त्यही समयमा टाइगर श्राफकी आमा आयशा श्राफ छोराको पछाडि बसिरहेकी थिइन् । यिनीहरुका अलावा ड्यानी डेन्जोङ्पाका छोरा रिङ्जिङ डेन्जोङ्पा पनि कार्यक्रममा उपस्थित थिए ।
 


Author

थप समाचार
x