कला

ट्रान्सजेन्डर बन्न ६ महिना लागेकाे थियाे नवाजुद्दीनलाई

इकागज |
जेठ २७, २०८० शनिवार १५:४९ बजे

मुम्बई- अभिनेता नवाजुद्दीन सिद्दीकीको फिल्म ‘जोगिरा सारा रा रा रा’ हालै रिलिज भएको थियो ।​

नेहा शर्माको समेत अभिनय रहेको फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । यति बेला नवाजुद्दीन अर्को फिल्म ‘हड्डी’लाई लिएर चर्चामा छन् ।


फिल्ममा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका छन् । फिल्मकी निर्मात्री राधिका नन्दाका अनुसार नवाजुद्दीनको यो लुक्स तयार पार्न ६ महिना समय लागेको थियो । ‘यो समय नवाजुद्दीनका लागि निकै गाह्रो थियो, किनकि सारी लगाउनमा उनलाई ३० मिनेट र पूरा लुक्स तयार पार्न ३ घण्टा लाग्थ्यो,’ उनले भनेकी छन् ।

नवाजुद्दीनले फिल्मका लागि करिब ८० सारीको प्रयोग गरेका थिए । ‘नवाजुद्दीनले पहिलोपटक आफूलाई ट्रान्सजेन्डर लुक्समा देख्दा निकै खुसी भएका थिए । किनकि उनले आफूलाई अहिलेसम्म यस्तो लुक्समा देखेका थिएनन् । उनले आफूलाई चरित्रको नजिक महसुस गरेका थिए,’उनले भनेकी छन् ।

राधिकाले नवाजुद्दीनको लुक्स बनाउने प्रोस्थेटिक्सको पनि प्रयोग गरिएको खुलाइन् । फिल्म जूनको अन्त्यमा रिलिज हुनेछ ।


Author

थप समाचार
x