कला

राजको प्रेममा वर्षा सिवाकोटी !

इकागज |
चैत १६, २०७७ सोमबार १२:५७ बजे

काठमाडौं : तिहार लगत्तै अमेरिकामा रहेका प्रेमी सविनजंग थापासँग ब्रेकअप गरेकी वर्षा सिवाकोटीले नयाँ प्रेमी भेटेकी छिन् । वर्षा निकट स्रोतका अनुसार भर्खरै चलचित्र विकास बोर्डमा सदस्य नियुक्त भएका राज कटुवालसँग वर्षाको नयाँ नयाँ माया बसेको छ । 

वर्षा र राजको निकटताको गाइँगुइँ वर्षाको ब्रेकअप लगत्तै चलेको थियो तर दुवैले सार्वजनिक स्थानमा एकसाथ नदेखिएर यसमा मोहर लगाउने अवसर दिइरहेका थिएनन् तर आइतबार होलीका दिनमा सँगै होली खेल्नेबाहेक मिडियामा अफेयरको संकेत हुने गरी दिएका अन्तर्वार्ताले दुवै गहिरो प्रेममा रहेको संकेत गर्छन् ।


आइतबार उनीहरूले पूजा शर्मा र आकाश श्रेष्ठसँग होली खेलेसँगै केही युट्युब च्यानलमा ‘आफूहरू गुड फ्रेन्ड’ भएको दाबी पेस गरेका थिए । फिल्म उद्योगमा थोरै पनि प्रेममा अनुभव हुनेहरू सिधा सिधा अफेयरको खबर स्वीकार्दैनन् । आफूहरू असल साथी भएको स्वाङ गर्छन् तर हुन्छन् प्रेममा नै ।

@nabin_jung_shah0010

ramro manxi hamro manxi allll love ❤️ ❤️💙❤️❤️❤️❤️❤️❤️💙❤️❤️

♬ original sound - asmitaadhikari

 

अहिले पूजा शर्मा र आकाश श्रेष्ठ अनि हरिहर अधिकारी र नीता ढुंगाना पनि प्रेमी प्रेमिका हैन साथी–साथी भएको गफ दिन्छन् । तर, यो दुवै जोडी प्रेममा रहेको कुरा कसैबाट छिपेको छैन । यता सोही ट्रेन्ड पछ्याउँदै वर्षा र राजले पनि साथी साथी भएको गफ दिने गरेका छन् । तर, दुवैबीच कम्तीमा ४ महिनायता प्रेम छ । 

आइतबार वर्षाले होली खेलेका तस्बिर राखिन् । यी तस्बिरमा आकाश र पूजा र राज र वर्षाले जोडीझैं बसेर फोटो खिचाएका छन् । तर, आइतबार नै उनीहरूले मिडियालाई भिडियो खिच्न अनुमति दिए पनि फोटो खिच्न भने आनाकानी गरेका थिए । 

तर त्योभन्दा दुई दिनअघि राज कटुवालले कियाको नयाँ कार किनेका थिए । सो अवसरमा भने वर्षाले राजको हात छाडेकी छैनन् । यसको सानो क्लिप्स टिकटकमा पनि भेटिन्छ । 


वर्षा र राजलाई मिलाउने सेतु भने पूजा शर्मा भएको स्रोतले बताएको छ । पूजाले अभिनय गर्ने फिल्मका निर्देशक सुदर्शन थापा र राज साथी हुन् । उनीहरूले साझेदारीमा केही समय पहिले रेष्टुरेन्ट पनि खोलेका थिए । अहिले त्यो रेष्टुरेन्ट बन्द भइसकेको छ । तर, उनीहरूको मित्रता यथावत छ । 

यसैबीच अमेरिकी प्रेमीसँग ब्रेकअप भएपछि डिस्टर्ब भएकी वर्षा पूजासँग नजिकिएकी थिइन् । यसरी पूजासँग उठबस गर्ने क्रममा राज र वर्षाको पनि उठबस सुरु भएको थियो जुन अहिले प्रेममा रुपान्तरण भइसकेको छ । दसैं लगत्तै प्रेमी भेट्न अमेरिका पुगेकी वर्षाले तिहारमा अमेरिका फर्केलगत्तै सविनसँग ब्रेकअप गरेकी थिइन् । सविनले इन्स्टामा वर्षासँगका अनगिन्ती तस्बिर राख्दै वर्षाले धोका दिएको गुनासो गरेका थिए । 

‘नाइँ नभन्नू ल २’बा अभिनय सुरु गरेकी वर्षाको यसअघि मोडल निराजन प्रधान र निर्देशक मिलन चाम्ससँग पनि अफेयर रहेको समाचार आएका थिए ।  
केही दिनअघि मात्र चलचित्र विकास बोर्डमा सदस्यको नियुक्ति पाएका राज अभिनेता पनि हुन् । उनले ‘लीला’,‘लाल्टिन’ आदि फिल्म खेलेका छन् ।  


Author

थप समाचार
x