कृषि

आवश्यक मल १७ सय मेट्रिक टन सरकारले दियो तीन सय

इकागज |
कात्तिक १५, २०८० बुधबार २१:३ बजे

फाइल फोटो

नवलपरासी - पश्चिम नवलपरासीमा अहिले हिउँदे बालीअन्तर्गत गहुँ तोरी, मुसुरो र उखु लगाइएको छ । जसअनुसार आवश्यक मल (डिएपी) पर्याप्त छैन । जिल्लामा करिब १९ हजार हेक्टर क्षेत्रफलमा हिउँदे खेती हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीको तथ्यांकले देखाउँछ । सो क्षेत्रफललाई पुग्ने मल जिल्लामा छैन । 

कृषि ज्ञान केन्द्र नवलपरासीका कृषि अधिकृत नवराज घिमिरेका अनुसार जिल्लाको लागि आवश्यक मल (डिएपी) क्षेत्रफलअनुसार साढे १७ सय मेट्रिक टन आवश्यक पर्छ । लुम्बिनी प्रदेश सरकारले दिएको कोटाको आधारमा नवलपरासीले जम्मा तीन सय ५८ मेट्रिक टन मल पाएको छ । 
रासस



Author

थप समाचार
x