प्रवास

एनआरएनएलाई एकताबद्ध बनाउन पुनः निर्वाचन गराउनुको विकल्प छैनः आरके पक्ष

इकागज |
मंसिर १२, २०८० मंगलबार १५:४१ बजे

फाइल फोटो

काठमाडौँ -गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षले संस्थालाई एकतावद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प नरहेको बताएको छ । 

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शर्मा पक्षले पुनः निर्वाचनको माग गरेको हो । अनलाइन माध्यमबाट गराइएको संघको गत निर्वाचनको वास्तविकता ल्याउन अन्तर्राष्ट्रिय छानबिन समिति बनाउने भन्ने प्रश्ताव हास्यास्पद रहेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै शर्माले यो लडाईं आफ्नो व्यक्तिगत नभई संस्थागत लडाईं भएको बताए । उनले आफूलाई झनै पेल्दै जान्छु भन्ने सोच्नु गलत भएको बताए । उनले संघको पुनः निर्वाचनमा जानुपर्ने आवश्यकता रहेको बताए । सानो घेरोमा संस्था लगेर पेल्दै गए न्तिम घडीसम्म पनि न्यायको लागि लड्ने चेतावनी दिए । 


उनले भने, मैले अहिले पनि भन्छु, सम्पूर्ण साथीहरुलाई भन्छु, यो मेरो व्यक्तिगत लडाईं होइन । संस्थागत लडाईं हो । यदी तपाईहरुको पनि दायित्व छ भने आउनुस् टेबलमा बसौँ । उहाँहरुले आजसम्म न पूर्वअध्यक्ष, न हामीसँग कुरा गर्ने आँट गर्नुभएको छ । झन् बरु उहाँहरु पेल्दै जाने, यसै गरेर जाने हो र अलिदिनमा थाक्छन् की जस्तो सोच्नुभयो भने त्यो गलत हो । यो लडाईं पदको लागि होइन । रिइलेक्शन गरौँ । संस्थाको विश्वास फिर्ता ल्याऔँ । यदी रिइलेक्शनमा तपाईंले आरके शर्मा नउठ् भन्नुहुन्छ भने म यहीँ भन्छु, म प्रत्यासी हुँदिन तर संस्था बचाउनको लागि लाग्छु । तर सानो घेरोमा संस्था लगेर पेल्दै जानुभयो भने म मेरो अन्तिम घडीसम्म पनि न्यायको लागि लड्नेछु । यो सबैको साझा चौतारी हो, केही सानो घेरोको एउटामा रहनु हुँदैन ।’

उनले गैरआवासीय नेपाली संघ सानो ठाउँमा खुम्चिनु नहुने बताए ।  


Author

थप समाचार
x