प्रवास

पूर्वाधार निर्माणमा सहकार्य गर्न घले र कुँवर जुटे : भूकम्प पीडितलाई घलेको ५० लाख, कुँवरको १० लाख

इकागज |
कात्तिक २०, २०८० सोमबार ७:३५ बजे

काठमाडौँ- विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जाजरकोट गएको भूकम्प पीडितलाई १ करोड बढी राहत रकम उठाएको छ । आइतबार बसेको जुम बैठकबाट आफ्ना सदसयहरूबाट भूकम्प पीडितलाई एक करोड बढी राहत रकम उठाएको हो । 

संस्थाका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले र अध्यक्ष कुँवर भूकम्प पीडितलाई सहयोगका लागि लागि परेका छन् । घले अध्यक्ष रहेको माइटी फाण्डेशनले ५० लाख रूपैयाँ र अध्यक्ष कुँवरले १० लाख १ हजार १ सय रूपैयाँ सहयोग गरेका छन् ।


आइसिसी, एनसीसी र सल्लाहकारहरूको संयुक्त/आकस्मिक बैठकले पूर्व अध्यक्ष डा. शेष घलेको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन परियोजना गर्ने निर्णय गरेको अध्यक्ष कुँवरले बताए । 

गैरआवासीय नेपाली संघले च्यारिटी गर्न स्थापना गरेको 'ग्लोबल एनआरएन फाउण्डेशन'र माइटी फाउण्डेशनको सहयोगमा भूकम्प पीडितलाई तत्काल आवश्यक सामान सहयोग गर्ने अध्यक्ष कुँवरले इकागजलाई बताए । उनका अनुसार भूकम्प पीडितलाई दीर्घकालिन पूर्वाधार निर्माण गर्नेबारे छलफल भइरहेको छ । 'हाम्रो संरक्षक रहनु भएका शेष घलेज्यूले हिजो मात्रै प्रधानमन्त्रीसँग छलफल गर्नु भएको छ' कुँवरले इकागजसँग भने 'हामी केही दिनभित्रै भूकम्प प्रभावित ठाउँमा जान्छौँ र त्यहाँको वस्तुस्थिति बुझेर पुन:निर्माणमा सहयोग गर्नेछौँ ।'

सहयोग गर्नेहरूको नामावली
१. MIT Foundation ५० लाख
२. Binod Kunwar: १० लाख १ हजार १ सय 
३. Bhoma Limbu: १ लाख 
४. Umesh Pudasaini: ५० हजार
५. Tharka Sen: १ लाख ५ हजार
६. Janakee Gurung: १ लाख 
७. Krishna Sanjel KC: १ लाख
८. Dharma Raaj Khatiwada: ५१ हजार
९. Shashi Chandra Adhikari: १ लाख
१०. Ershad Ahmed: १ लाख १ हजार
११. Junu Gurung: १ लाख
१२. Pasang Sherpa: १ लाख (अरु एनसीसी यूएइको वैठकले पहल गर्ने)
१३. Purna Deurali: ५१ हजार
१४. Prakash Dhamala: ५१ हजार
१५. Keshab Kandel: ५५ हजार
१६. Kushal KC: १ लाख 
१७. Deepa Raai:$1,000 (Australian Dollar)- करिब ८५ हजार 
18. Laxmi Gurung: ५० हजार
19. NCC Belgium committee: ५० हजार (पहल जारी)
२०. NCC Kuwait: ५० हजार
२१. NRN UK: ५ लाख  (पहल जारी)
२२. Shyam Tamang: १ लाख 
२३. AC Sherpa: ५ लाख
२४. NCC USA: ५ लाख (पहल जारी)
२५. NCC Qatar: १ लाख (पहल जारी)
२६. Raj Bhadur Shahi: १ लाख
२७. Ramji Lamichhane: $100 ($US) - करिब १३ हजार
२८. Dharam KC: २५ हजार ५ सय ६३
२९.. RC Sapkota: $500 (Australian Dollar)-करिब ४३ हजार
३०. Dilli R Dhungana: ५० हजार
३१. Giriraj Pandey: $100 (($US)-करिब १३ हजार
३२. Bhakta Bhandari: १ लाख (४ लाख पछि थप्ने, जम्मा ५ लाख)
३३. Karma Sherapa: १ लाख
३४. Krishna Pokhrel- १ लाख
३५. BR Lama: १ लाख
३६.. Sonam Lama (ट्राभलमा भएकाले सम्पर्क हुन सकेन)
३७. Trilok Gurung (छिट्टै निर्णय गर्ने)
३८. एनसीसी क्यानाडाले छिट्टै निर्णय गर्ने


Author

थप समाचार
x