प्रवास

एनआरएनएको कोषाध्यक्षमा सुदन थापा विजयी

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १५:५४ बजे

काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सुदन थापा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा कोषाध्यक्ष  पदका प्रत्यासी उमेदवार ठाकुरप्रसाद ढुंगानालाई पछि पार्दै थापा निर्वाचित भएका हुन् । 

थापाले एक हजार ९१६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी ढुंगानाले एक हजार ९१२ मत ल्याएका छन् । थापा जापानमा व्यवसाय गर्दै आएका छन् । उनी करिब २ दशकदेखि जापानमा विभिन्न पेसामा संलग्न छन् ।


अध्यक्षमा डाक्टर बद्री केसी निर्वाचित भएका छन् । केसीले एक हजार ३७८ मत पाए । उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठले एक हजार २२५ मत र रविना थापाले ४७  मत पाए ।

उपाध्यक्षमा डाक्टर विनोद श्रेष्ठ, डाक्टर हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन् । 

युवा उपाध्यक्षमा रोशन थापा दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएकी छन् ।

महासचिवमा गौरीराज जोसी निर्वाचित भएका छन् । उनले दुई हजार ३७ मत ल्याए । 

महाधिवेशनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गरेका थिए ।


Author

थप समाचार
x