प्रवास

आबुधावीमा सेराटनको कर्नेसमा आइतबार मङगोलीयन हार्ट गुञ्‍जिदै

इकागज |
भदौ २०, २०८० बुधबार १०:३० बजे

काठमाडौँ- मंगोलियन हर्ट ब्याण्डले दुबई र अबुधाबीमा सांगीतिक कार्यक्रम प्रस्तुती गर्ने भएको छ । ब्याण्डका गायक राजु लामाले सेप्टेम्बर ९ मा ( शनिबार) दुबईको याक एण्ड यती क्लब मा र १० तारिख (आइतबार) आबुधावीको पाँच तारे होटल सेराटनको कर्निस क्लबमा ब्याण्डले साङगितिक कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

ड्युड इभेन्ट समुहले आयोजना गर्न लागेको सो कार्यक्रममा लागी गायक राजु लामा सहित मङ्गोलीयन हर्ट ब्यान्ड आउनको प्रस्तुती रहने नाङ्लो रेष्टुरेण्टका सञ्चालक अजय श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार सोही दिनको कार्यक्रमका लागि साढे ८ बजेबाट गेट खुला हुनेछ । बिहान साढे ३ बजे सम्म सांगीतिक कार्यक्रम हुनेछ ।

मंगोलियन हार्टको सेराटनमा हुने मुख्य सांगीतिक कार्यक्रमको मुख्य प्रायोजक नाङ्लो रेष्टुरेण्ट उनले बताए । त्यसैगरी,  इन्स्टा क्याफे, अन्नपूर्न टिपिङ,  बाजे रेष्टुरण्ट र सागर ज्वेलरी रहेका छन् ।

‘अबुधाबीमा रहेका नेपाली कामदारलाई लक्षित गरी मंगोलियन हार्टको सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो,’ श्रेष्ठले भने,’ संगीतका पारखीले मंगोलियन हार्टको ब्याण्डबाट भरपुर मनोरञ्जन लिन सक्छन् । यस क्षेत्रमा बसोबास गरिरेहका सबै जनालाई मनोरञ्जन लिनका लागि पनि आग्रह गर्दछु ।‘

नेपाली सांगीतिक क्षेत्रलाई विदेशमा पनि प्रचार गर्नुपर्छ र नेपाली संगीतको विदेशमा प्रचार गर्नु मुख्य उदेश्य रहेको श्रेष्ठको भनाइ छ ।

सांगीतिक कार्यक्रममा नेपाल ड्युडका तर्फबाट निमा शेर्पा, बिनेक श्रेष्ठ र बिजेन डंगोल रहेका छन् । यस कार्यक्रमका लागि सहयोगीको रुपमा ग्रिनलाइन ट्राभलसमेत रहेको छ । 

 

 


Author

थप समाचार
x