प्रवास

साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिने

इकागज |
जेठ २९, २०८० सोमबार १६:५१ बजे

फाइल फोटो

काठमाडौं - निर्वाचन आयोगले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने जानकारी दिएको छ ।

सोमबार बसेको राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन गर्ने जानकारी दिएका हुन् । 


पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिने उनले बताए । उनीहरुको बायोम्याट्रिकसहित मतदाता नामावली संकलन गरिनेछ । 

विदेशमा रहेका नेपालीले अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन भरेपछि कुटनीतिक नियोगमा पुगेर आफ्नो फोटो र औंठाछाप दिनुपर्नेछ । 
 


Author

थप समाचार
x