प्रवास

जापानबाट एसईईमा १४ जना सहभागी

संगीता कुँवर |
चैत १७, २०७९ शुक्रवार ९:३ बजे

जापान- आजबाट सुरू हुने एसईई परिक्षामा जापानबाट पनि १४ जना नेपाली विद्यार्थी सहभागी भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि जापानमा एसईई परीक्षा केन्द्र निरन्तरता दिएपछि नेपाली विद्यार्थी पनि सहभागी हुन पाएका हुन् ।

नेपालबाट कामको लागी जापान आएका बुबाआमासँगै जापानमा हुर्किरहेका विद्यार्थीले विद्यालयमा अध्ययन गरिरहेका छन् । नर्सरीदेखि कक्षा १२ सम्म पढाई भइरहेको विद्यालयमा यस वर्ष १४ जना विद्यार्थीले जापानबाटै एसईई परीक्षामा सहभागी भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन भइरहेको एभरेष्ट इन्टरनेशनल स्कुलमा हाल ४ सय जना विद्यार्थी अध्ययनरत रहेको   प्रिन्सिपल विष्णुप्रसाद भट्टले बताए ।  


बोर्डले देशबाहिरको एकमात्र केन्द्र एभरेष्ट इन्टरनेशनल स्कुलमा परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षा नेपाली समय अनुसार बिहान ८ बजेबाट सुरू भएको छ।

एभरेष्ट स्कूल सरकारको स्वीकृतिमा नेपाली पाठ्यक्रम अध्यापन गराइरहेको देशबाहिरको एक मात्र सामुदायिक विद्यालय हो । विद्यालयको नेपाली पाठ्यक्रम स्वीकृतिका लागि २०७१ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शिक्षण अनुमति लिइएको थियो । 


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x