नेकपा एमाले १०औँ महाधिवेशन

एमाले महाधिवेशन : चार घण्टामा नतिजा आउने

इकागज |
मंसिर १४, २०७८ मंगलबार ११:० बजे

चितवन- एमाले १० महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान जारी छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा २ हजार ७९ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । 

मतदान सकिएपछि १/२ घन्टामा मुचुल्का उठाइने र त्यसपछि मतगणना सुरु हुने भएकाले आज सबै प्रतिनिधि घर फर्कने र होटलको व्यवस्था पार्टीले नगर्ने योगेश भट्टराईले बताए ।


उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ । दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो । अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् ।


Author

थप समाचार
x