समाज

उदयपुरमा वनभाेज खाएर फर्किने क्रममा स्कुल बस दुर्घटना, चालकसहित ३ जनाको मृत्यु

इकागज | मंसिर ९, २०८०
काठमाडौँ- उदयपुरमा वनभाेज खाएर फर्किने क्रममा स्कुलको बस दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ भने दर्जनौं गम्भीर घाइते भएका छन् । मृत्यु हुनेहरूमा त्रियुगा नगरपालिका-५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपु...