अख्तियारमा पर्वतका उजुरी बढे, धेरै स्थानीय तहका

इकागज | पुस ३, २०८०

पर्वत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिल्लास्थित सरकारी निकायका ८९ वटा उजुरी दर्ता भएका छन् । उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका छन् ।

आयोगको कार्यालय पोखरा शाखाका अनुसार प्राप्त उजुरीमध्ये सातवटा स्थानीय तहका ५६ वटा र  बाँकी ३३ वटा अन्य सरकारी कार्यालयका रहेका छन् । धेरै उजुरी कुश्मा नगरपालिकाको २९ वटा उजुरी छन् । ती मध्ये १३ वटा फर्छ्यौट भइसकेका छन् भने १९ वटा छानबिनको क्रममा छन् । 

त्यसैगरी फलेवास नगरपालिकाका-९ वटा उजुरीमध्ये चार वटा फर्छ्यौट भइसकेका र तीन वटा बाँकी रहेका छन् । जलजला गाउँपालिकाको गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरी नौ वटा उजुरी परेकामा दुई वटा फर्छ्यौट भएका र छ वटा कारबाहीको प्रक्रियामा छन् । पैँयस गाउँपालिकाका दुई वटा उजुरी रहेका छन् भने एउटा फर्छ्यौट भइसकेको छ ।

यता महाशिला गाउँपालिकामा दुईवटा, मोदी गाउँपालिकाका १५ वटा उजुरी परेका छन् । तीमध्ये चार वटा फर्छ्यौट भइसके भने ११ वटा प्रक्रियामा रहेका छन् । यसैगरी विहादी गाउँपालिकाका तीन वटा उजुरी परेकामा दुईवटा फर्छ्यौट भएका र एउटाको छानबिनको क्रममा रहेको छ । स्थानीय तहका ५६ उजुरीमध्ये २७ वटा फर्छ्यौट भइसके भने २९ वटा बाँकी रहेका छन् । 

परेका उजुरीमध्ये सार्वजनिक खरिद ऐनविपरीत वस्तु तथा सामान खरिद गरिएका बढी छन् । त्यसैगरी अनुदानमूलक कार्यक्रममा भएको अनियमितता, राजस्व चुहावट, सामाजिक सुरक्षा भत्ता, अपाङ्गता परिचयपत्र दुरुपयोग, जग्गा अतिक्रमण, विद्यार्थीको दिवा खाजा र छात्रवृत्ति रकम दुरुपयोगजस्ता शीर्षकका छन् ।

त्यसैगरी नक्कली लाइसेन्स  र लाइसेन्स नै नभएका व्यक्तिलाई शिक्षकमा नियुक्ति, दैनिक भ्रमण भत्ता, विकास निर्माणका काममा गुणस्तरहीन वस्तु प्रयोग तथा लागत इस्टिमेटअनुसार काम नभएका उजुरीसमेत परेको शाखा प्रमुख अश्मान तामाङले जानकारी दिए । 

भ्रष्टाचारमा स्वयं कार्यालयका कर्मचारीको कमजोरी देखिएको छ भने जनप्रतिनिधि, ठेकेदार र व्यवसायीको समेत संलग्नता रहेको पाइएको उनको भनाइ थियो । पछिल्लो समय उजुरी पर्ने क्रमसमेत ह्वात्तै बढेको र तीनै तहका सरकारका अधिकारीको विषयमा दुविधा हुँदा पनि उजुरीको सङ्ख्या बढ्दै गएको पाइएको प्रमुख तामाङले बताए । रासस

३७ वर्ष शिक्षण पेशामा बिताएर सुन्तला खेतीमा रमाउँदै ७१ वर्षीय अनन्तबहादुर

इकागज | पुस ३, २०८०

गलकोट (बागलुङ)- धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन् तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेशामा बिताएर स...

कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ : मुख्यमन्त्री पाण्डे

इकागज | मंसिर २७, २०८०

लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्र...