अनियमितता

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन काम

इकागज | असोज ११, २०८०

सिरहा - सिरहामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम  घुस रकम लिएर काम गर्ने गरेका पाइएको छ। लहानस्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग किताकाट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो। 

नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउँछन्। लामो समयपछि किताकाट खुलेकाले सेवाग्राहीको चाप बढेकाले नापी र मालपोतबाट हुने सबैखालका काम विनाघुस नहुने नाम उल्लेख नगर्ने सर्तमा धनगढीमाई नगरपालिकाका एक सेवाग्राहीले बताए।

उनले भने, ‘म सामान्य कित्ताकाटको लागि सबै प्रक्रिया पुर्‍याएर बिहानै कार्यालाय पुग्दा पनि ४ बजेमात्र कित्ताकाट गरिदिए। ६ घण्टा लगाएर ४ बजेमात्र नक्सा हातमा पर्‍याे ।  तर, सबै कागजात हुँदा र प्रक्रिया पूरा गरेर बुझाउँदा काम गराउन घुस दिनुपर्‍याे । घुस दिएका कारण बल्ल ४ बजे काम भयाे  । घुस नदिएकाे भए काम नै नहुने रहेछ । नापी कार्यालयले समयमा काम नगरिदिँदा जग्गा पासको काम पनि त्यसदिन हुन सकेन।’

गोलबजार नगरपालिका-६ का अर्का सेवाग्राही जग्गा कित्ताकाटकोलागि गत शुक्रवार बिहान १० बजे कार्यालय पुगे पनि कार्यालय बन्द हुने समयमा मात्र नक्सा उनको हात पर्‍याे। तयार भएको नक्सासहितको कागजात लिन अमिन (सर्वेक्षक) गैन महतोलाई घुसबापत दुई हजार रुपैयाँ दिनुपरेकाे  उनकाे आराेप छ । 

‘मेरो भरदिन त्यहि काममा बित्यो, तर ति सर्वेक्षकले मसँग अतिरिक्त रकम नलिएसम्म कागजात नै दिएन। मैले पनि कति हैरानी झेल्नु भनेर अन्तमा दुई हजार रकम दिएँ,’ उनले भने । 

लामो समयपछि किताकाट खुलेकाले नापी र मालपोतमा सेवाग्राहीको भीडभाड लाग्ने गरेकाले त्यसको फाईदा उठाउँदै अमिनहरुले अतिरिक्त रकम माग्ने गरेका छन्। उनीहरूले सेवाग्राहीलाई भिडको बहाना देखाउँदै आज काम नहुने भन्दै फर्काउने र अतिरिक्त रकम नदिनेको काम ढिलो गर्ने गरेको सेवाग्राहीहरुको गुनासाे छ। 

घुस खुवाउन नसक्ने सेवाग्राही सेवाबाटै बन्चित हुने स्थिति रहँदा नापी कार्यालय लहानका प्रमुख नापी अधिकृत संजय कुमार सिंह भने पन्छिन खाेजे । कार्यालयमा भएकाे अनियमितता र घुस लेनदेनले सेवाग्राही मर्कामा परेकाे विषयमा आफू जानकार नरहेकाे भन्दै पन्छिएर कर्मचारीमाथि आराेप लगाउँदै सिंहले भने,  ‘उनको (अमिन गैन महताे) व्यवहार अलिक ठिक छैन । तपाईंले मलाई जानकारी गराउनु भयो । म उनलाई सम्झाईदिउँला ।’ 

अधिकृत सिंहकै अभिव्यक्ति र गत ६ भदौमा यस कार्यालयमा कार्यरत अमिन दिपरञ्जन यादव १० हजार घुससहित समातिनुले पनि घुस लेनददेन तथा अनियमिततामा कार्यालय प्रमुखलगायतका मिलोमतो रहेको पुष्टि गर्छ। 

सिरहाका अधिकांश भीडभाड हुने अड्डाहरु मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार, जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सेवाग्राहीहरु ठगिने गरेको गुनासाे आउने गरेकाे छ ।

 

उदयपुरको त्रियुगाका पूर्व मेयर चौधरी र प्रशासकीय अधिकृत कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | असोज १०, २०८०

विराटनगर - नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं कोशी प्रदेशका अध्यक्ष समेत रहेका उदयपुरक...

पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग

इकागज | असोज ९, २०८०

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टरा...

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, भोलि सरकारी वकिललाई बुझाइने

इकागज | भदौ २६, २०८०

काठमाडौँ - लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले हङकङबाट ल्याइ...

एक लाख घुस लिएका प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | भदौ २६, २०८०

काठमाडौँ– सेवाग्राहीसँग एक लाख घुस लिएका बुढानिलकण्ठ प्रहरी प्रभागमा कार्यरत प्रहरी वरिष्ठ हव...

झुट्टा प्रमाणपत्र पेश गरी नियुक्त भएकी शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | भदौ २५, २०८०

काठमाडौँ– शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी नियुक्त भएकी नुवाकोटको कन्यादेवी आधारभू...

सुन तस्करीः बर्षमान पुनःका विश्वास पात्र भण्डारीसँग सिआइबीले लियो बयान

इकागज | भदौ २५, २०८०

काठमाडौं - सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनका विश्वास पात्र भीमकान्त भण्डारीसँ...