हलिउड/बलिउड

रिलिज अगावै हिन्दी भर्जनबाट ‘पुष्पा २’ लाई २ सय ७५ करोडको मुनाफा

इकागज | बैशाख ७, २०८०

मुम्बई - फिल्म ‘पुष्पा’को सफलता देख्दा जोकोही चकित परेका थिए । कमाईको मामलामा यो फिल्मले सबै रेकर्ड तोडिदिएको थियो । अहिले यसका निर्माताले ‘पुष्पा’को सिक्वेल ‘पुष्पाः द रुल’ निर्माण गरिसकेका छन् । फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ ।

फिल्मको टिजर र ट्रेलर रिलिज अघि नै फिल्मले २ सय ७५ करोड रुपैंयाँ कमाइसकेको छ । फिल्मको हिन्दी भर्सनलाई निर्माताले २ सय करोडमा बेचेका छन् ।त्यस्तै उनीहरुले फिल्मको अडियो राइट्स पनि ७५ करोडमा बेचेका छन् । निर्माताले अल्लु अर्जुनको प्रमुख भूमिकामा अभिनय रहने फिल्मले यसपटक २ हजार करोडको व्यापार गर्ने दाबी गरेका छन् ।

रश्मिका मन्दानाको समेत अभिनय रहेको फिल्म सन् २०२४ को अप्रिलमा रिलिज हुने तयारीमा छ । हालैमात्र अल्लुको जन्मदिनको केही मिनेटमै फिल्मको भिडियो रिलिज गरिएको थियो । भिडियोमा अल्लुको लुक्सलाई देखेर उनका फ्यानहरु उत्साहित देखिएका थिए ।