शिक्षा

रुपन्देहीमा खुल्यो लुम्बिनी वर्ल्ड स्कूल

इकागज | बैशाख १०, २०७९

भैरहवा – रुपन्देहीमा खुलेको लुम्बिनी वर्ल्ड स्कुल सन्चालनको तयारीमा छ । तिलोत्तमा–१३, मधवलियामा खुलेको यो स्कुलाई सन्चालकहरूले उपत्यका बाहिरको सर्वोत्कृष्ठ स्कुलको रुपमा दाबी गरेका छन् । आगामी शैक्षिक सत्रबाट यो सन्चालनमा आउन लागेको हो । 

रुपन्देहीबाट पठनपाठनका लागि भारत जाने विद्यार्थी रोक्न, पढाइसहित संस्कार सिकाउन यो स्कुल सफल हुने प्रिन्सिपल विष्णुप्रसाद ढकालले बताए । 

पहिलो बर्षमै यहाँ कक्षा १ देखि ८ सम्म पठनपाठन सुरु गरिनेछ । २० जना मात्रै विद्यार्थी राखिनेगरी प्रत्येक कक्षा कोठाको डिजाइन गरेको, आइटी, पुस्तकालय लगायतको सुविधा रहेको स्कुल प्रशासनले जनाएको छ । स्कुलले आफ्नै पाठ्यक्रम बनाएर हरेक विषयमा दुई जना शिक्षक राखेर नियमित कक्षा संचालन गर्न विदेशमा अनुभव प्राप्त शिक्षक ल्याएको छ ।

साढे ३ बिगाहा क्षेत्रफलमा रहेको स्कुलको मूल भवनसहित पुस्तकालय, स्वीमिङ पुल, क्याप्टेरिया, फुटसल, बास्केटल बल कोर्ट लगायतका पूर्वाधार रहेको र केही निर्माणको क्रममा रहेको स्कुलका अध्यक्ष योगश घिमिरेले जानकारी दिए । 

तस्बिरमा एसईई

इकागज | बैशाख ९, २०७९

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन भएको छ ।  ...

भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीलाई विशेष छुट दिइने

इकागज | बैशाख ६, २०७९

काठमाडौँ - भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने...

प्रविधिको क्षेत्रमा उत्कृष्टलाई सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गरिने

इकागज | बैशाख ४, २०७९

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकासका लागि यस क्षेत्र...