रोग र उपचार

मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा

इकागज | माघ १७, २०८०

मुगु - जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । 

सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढसाता अघिदेखि फैलिएको रुघाखोकीबाट तीन जनाको मृत्यु र एक सय ५० जना सिकिस्त भएका थिए । 

थला परेकामध्ये एक सय ३५ जना गरिएको परीक्षणमा इन्फ्लुएन्जाको लक्षण देखिएको उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको जिल्ला अस्पताल मुगुका डा कमल ढु्ङ्गानाले जानकारी दिए । 

इन्फ्लुएन्जा सङ्क्रमण पुष्टि भएपछि थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमोलोजी महाशाखा, विश्व स्वास्थ्य सङ्गठनको टोली र जिल्ला अस्पातल मुगुबाट तीन जना डाक्टरसहितको टोली उक्त क्षेत्रतर्फ लागेको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । 

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले गाउँपालिकाले सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिसकेको छ । उनले दुवै गाउँमा अहिले बिरामीको सङ्ख्या कम हुँदै गएको बताए । रुघाखोकीका कारण पुरुमुरुका ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृित छत्याल र २४ वर्षीया कुशुम ढोलीको रुघाखोकी र ज्वरोका कारण केही दिनअघि मृत्यु भएको थियो । 
 

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छः प्रधानमन्त्री

इकागज | माघ १४, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा ...

आज विश्व कुष्ठरोग दिवसः नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी कुष्ठरोगी थपिन्छन्

इकागज | माघ १४, २०८०

काठमाडौँ - आज ७१औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ  । ह...

धरानका मेयर हर्क साम्पाङले किन लेखे स्वास्थ्य मन्त्रीलाई पत्र ?

इकागज | माघ २, २०८०

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा...

काठमाडौँ महानगरले एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार गर्ने

इकागज | पुस ११, २०८०

काठमाडौँ - स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि आज काठमाडौँ महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड...

बाँकेमा परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिने पुरुष भन्दा महिला बढी

इकागज | पुस ११, २०८०

नेपालगञ्ज - बाँकेमा परिवार नियोजनको अस्थायी साधनको अधिक प्रयोगका कारण स्थायी बन्ध्याकरण सेवा लिने ...