सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

अवरुद्ध पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)-  पूर्णरूपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएको छ । 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएको बताउँदै उनले सवारीसाधनलाई सवारी पासको आधारमा आलोपालो सञ्चालनमा ल्याइएको उल्लेख गरे । 

सूचना अधिकारी बोहराले बुटवल–नारायणगढमा निर्माण भइरहेका दाउन्ने क्षेत्रमा एकतर्फी सडक सञ्चालन चुनौतीपूर्ण बनेको बताए । मङ्गलबारदेखि पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु, लगातारको शीतलहरले यात्रा चुनौतीपूर्ण बनेपछि आज बिहान उक्त खण्डमा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुईतर्फी सडक सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, प्रहरी, स्थानीयलगायतले निरन्तर सडक मर्मत र सफा गरिरहेका छन् ।

  

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्…

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा, कालोपुलमा खुल्यो अटो पार्लर

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा, कालोपुलमा खुल्यो अटो प…

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाक…

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

पोखरामा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात : असार ६ गतेसम्म चल्ने

पोखरामा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात : असार ६ गतेसम्म चल्ने

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अनुभव प्रदान गर्ने लक्ष्य

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…