शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

शशिला मोटर्सले सुर्खेत काँक्रेबिहर यातायात प्रा.लि.लाई १९ वटा किटोन ब्रान्डका गाडीहरू हस्तान्तरण गरेको छ । बिहीवार सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा ती गाडीहरू हस्तान्तरण गरिएको हो । १४ सिट क्षमताका उक्त माइक्रो भ्यानहरु सुर्खेतबाट नेपालगञ्ज र दैलेखसम्मका विभिन्न रुटहरुमा चल्नेछन् ।
गाडीको चाबी हस्तान्तरण गर्दै शशिला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष खतिवडाले किटोन कम लगानीमा अधिकतम कमाइ गर्न सक्ने भरपर्दो ब्राण्ड भएको दावी गरेका छन् । खतिवडाले गाडी बिक्रीभन्दा बिक्रीपछिको सर्भिस आफ्नो प्राथमिकतामा रहेको पनि बताएका छन् । २३ बर्षदेखि यातायात क्षेत्रमा संलग्न रहेको र आफू पनि यातायात ब्यवसायी भएको उल्लेख गर्दै उनले ब्यवसायीहरुका सेवामा हरदम समर्पित रहने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
कार्यक्रममा सुर्खेत काक्रेबिहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले शशीला मोटर्सप्रतिको विश्वासका कारण नै किटोन का माइक्रो भ्यानहरु ख्रिद गरेको र यसबाट राम्रो आम्दानी गर्न सकिनेमा ढुक्क रहेको बताएका छन् । शशिला मोटर्स र प्रबन्ध निर्देशक सन्तोष खतिवडाप्रतिको ब्यवसायीहरुको विश्वास आगामी दिनमा अझै वढ्ने पनि उनले बताएका छन् ।
शशीला मोटर्स

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

प्रतिक्रिया