सन् २०२४ मा चिनियाँ विद्युतीय कार कम्पनी बिवाइडीको बिक्रीमा वृद्धि

काठमाडौँ - चीनको अग्रणी विद्युतीय कार निर्माता कम्पनी बिवाइडीले सन् २०२४ मा सवारी साधनको बिक्रीमा वृद्धि गरेको छ ।
विद्युत तथा ब्याट्रीबाट चल्ने कार निर्माता कम्पनी बिवाइडी विदेशमा व्यवसाय विस्तार गर्ने चिनियाँ अटोमोटिभ फर्ममध्ये सबैभन्दा प्रमुख हो । बेइजिङ र पश्चिमबीचको व्यापार विवादबाट बढ्दो खतरामा रहेको चीनले आफ्ना उत्पादनलाई वैकल्पिक बजारमा पुर्याउने नीतिले व्यापारमा वृद्धि भएको कम्पनीले जनाएको छ ।
बिवाइडीले गत वर्ष ४२ लाख ७२ हजार १४५ वटा गाडी बिक्री गरेको थियो, जुन सन् २०२३ मा बिक्री भएका ३० लाख २४ हजार ४१७ गाडीको तुलनामा ४१.३ प्रतिशतले बढी हो ।
डिसेम्बरमा मात्रै बिवाइडीले चीनबाहिर ५७ हजार १५४ वटा गाडी बिक्री गरेको छ, जुन सन् २०२३ को सोही अवधिको तुलनामा ५८.३ प्रतिशतले बढी हो ।
‘बिल्ड योर ड्रिम्स’ भन्ने अङ्ग्रेजी नारालाई अङ्गीकार गर्ने बिवाइडी विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा सबैभन्दा ठूलो इभी उत्पादक कम्पनी हो ।
कम्पनीको त्रैमासिक आम्दानीले गत वर्षको तेस्रो त्रैमासिक अवधिमा पहिलो पटक विश्वव्यापी प्रतिद्वन्द्वी टेस्लालाई उछिनेको थियो ।
बिवाइडी र चिनियाँ बजारमा यसको उद्योगका समकक्षीहरूको प्रारम्भिक द्रुत बिक्री वृद्धि बेइजिङबाट उदार अनुदानका कारण आंशिक रूपमा लाभान्वित भएका थिए ।
युरोपेली संघ (इयु)ले चिनियाँ कम्पनीहरूलाई राज्यको व्यापक सहयोगले अनुचित प्रतिस्पर्धा निम्त्याएको बताएको छ । समूहले गरेको अनुसन्धानले बेइजिङको अनुदानले स्थानीय प्रतिस्पर्धीहरूलाई प्रभावित गरिरहेको ठहर गरेको छ ।
इयूले गत अक्टोबरमा चिनियाँ विद्युतीय सवारीसाधनमा ३५.३ प्रतिशतसम्म थप कर लगाउने घोषणा गरेको थियो ।
यसअघि सन् २०२४ मा संयुक्त राज्य अमेरिका र क्यानडाले चिनियाँ विद्युतीय सवारीसाधनमा भन्सार शुल्क बढाएर शतप्रतिशत पु्र्याएका थिए ।
उद्योग अनुसन्धान कम्पनी आरएचओ मोसनका अनुसार नोभेम्बरमा विश्वव्यापी ईभी बिक्री १८ लाखमा पुगेपछि बिवाइडीको यो आँकडा आएको हो।
“यो त्रैमासिकमा विश्वव्यापी रूपमा ईभी बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ हामीले क्रमिक रूपमा अघिल्लो महिनाको रेकर्डलाई तोड्न सफल बनेका छौँ,” आरएचओ मोसन विशेषज्ञ चाल्र्स लेस्टरले गत महिना जारी एक प्रेस विज्ञप्तिमा बताएका थिए ।

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्…

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा, कालोपुलमा खुल्यो अटो प…

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाक…

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

पोखरामा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात : असार ६ गतेसम्म चल्ने

प्रतिक्रिया