होण्डाले गर्यो 'एनएक्स टु हन्ड्रेड'को प्रदर्शन

नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिंग अनुभूति प्रदान गर्दै, होण्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रा लिले होण्डा NX 200 को विशेष मिडिया टेस्ट राइड कार्यक्रम आयोजना गरेको छ ।
“फ्रम सिटी लाईट्स टु माउनटेन हाईट्स, राईड इट अल “ भन्ने मुख्य नारामा आधारित यो कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई सहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइयो।
टेस्ट राइड होण्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हत्तिवनको जङ्गल पार गर्दै हत्तिवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुङ्गियो। यो सहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई ल्ह्द्दण्ण् को बहुमुखी प्रदर्शन र क्षमता प्रत्यक्ष अनुभव गर्न मौका दिएको छ।
मिट एण्ड ग्रिट कार्यक्रममा साहसिक यात्रा प्रेमी र सहरमा सवार गर्न रुचाउने राइडरहरू एकै ठाउँमा भेला हुने मौका पाउनु भयो । यसले बाइकको “एडभेन्चर–क्रसओभर स्टाइलिङ“ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको छ। बाइकमा रहेको यु.एस.डी (अपसाइड डाउन) गोलडेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारा बाटोहरू सहजै पार गर्न सक्षम बनाउनाले ल्ह् द्दण्ण् बाईकले अफरोड यात्राका लागि विशेष गरी नेपालको युवा पुस्तामाझ लोकप्रियता कमाएको छ।
यसमा रहेको स्लिपर क्लचले गियर परिवर्तन सहज बनाउँछ भने सिंगल च्यानल ए.बि.एसले ब्रेक लगाउँदा सुरक्षा र नियन्त्रण बढाउँछ। २०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराईट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड प्रदान गर्दछ। कार्यक्रमपछि प्रकृतिमय हात्तीवन हिमालयन हाइट रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
_U0mZtDLcVW_bfmnatdlv7or8aih20ud1lkhhgstgkh6k0w8cvggbfdfccxv2yw58wrlvlk7_fWyXfL1GcQ_ict3odqaly2ytdzllel5w2qn4tjyawyqwcu1uwsxun64fvybfrjicax5cvdp.jpg)
बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

प्रतिक्रिया