शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

नयाँ इलेक्ट्रीक एसयूभीमा के-के छन् विशेषता ?

काठमाडौँ- जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोवाइल्स प्रालिले दरबारमार्गमा नयाँ शोरुम सहित जेएमईभीको पहिलो मोडल सार्वजनिक गरेको छ । कम्पनीले ‘जेएसई’ नाम दिएर ल्याएको नयाँ सेडान कार ५३ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरु भएको हो ।

जेएसई मोडलमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ४९ किलोवाट आवर क्षमताको ब्याट्री यसमा पाउन सकिन्छ । पानारोमिक शनरुफ, मिसेलियन हाओयुको टायर र १७० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको कार चलाउँदा निकै हलुका अनुभव हुन्छ ।

JMEV को विश्वस्तरीय ईन्जिनियरिङ

जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (JMEV) द्वारा निर्मित, GSE इभी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब हो। सन् २०१५ मा स्थापना भएको JMEV चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट EV उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो। सन् २०१९ मा Renault समूह ले JMEV मा ५०% हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको छ।

JMEV GSE: Where Luxury Meets Performance

JMEV GSE ले विलासिता, व्यावहारिकता, र पर्यावरणप्रति सजगताको संयोजन गर्दै अभूतपूर्व ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। नेपालको विविध भूगोललाई मध्यनजर गरी तयार पारिएका यसका विशेषताहरू यस प्रकार छन्:

ब्याट्री क्षमता: ४९ kWh

मोटर आउटपुट: ९९ kW

रेञ्ज: ४२० किमी (NEDC परीक्षण)

ग्राउन्ड क्लियरन्स: >१७० मिमी – नेपालको विविध भू-भागका लागि उपयुक्त

प्यानोरामिक मूनरुफ: यात्राको अद्वितीय अनुभवका लागि

३६०°AVM भिजुअल सिस्टम: सुरक्षालाई थप मजबुत बनाउन

मिशेलिन हाओयु  ४  म्युट टायरहरू: शान्त र सहज यात्रा सुनिश्चित गर्न

बुट स्पेस: ४१० लिटर, दैनिक सुविधाको लागि उपयुक्त

यी अत्याधुनिक विशेषताहरूले JMEV GSE लाई स्टाइल, आराम, र प्रदर्शन खोज्ने पर्यावरण सचेत चालकहरूका लागि प्रिमियम विकल्प बनाएको छ।

मूल्य र उपलब्धता

JMEV GSE अहिले NPR ५३,९९,००० को MRP मा उपलब्ध छ। ग्राहकहरूले यस अद्वितीय गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न शौर्य अटोमोबाइल्स शो-रुम, दरबारमार्ग, काठमाडौंमा भ्रमण गर्न सक्नुहुन्छ।

Driving Toward a Greener Future

JMEV नेपालमा उपलब्ध  हुनुले दिगो गतिशीलता प्रवर्द्धन र नेपाललाई हरित ऊर्जातर्फ लैजाने, शौर्य अटोमोबाइल्सको प्रतिबद्धतालाई बलियो बनाएको छ। सार्वजनिक समारोहमा बोल्दै, शौर्य अटोमोबाइल्स प्रा. लि. का कार्यकारी निर्देशक निर्देशक श्री अखिल गुप्ता ले भने:

"JMEV GSE कुनै साधारण गाडी मात्र होइन; यो नवपर्यावहन, विलासिता, र जिम्मेवारीको प्रतीक हो। यसको अतुलनीय विशेषताहरू र प्रदर्शनले यसलाई वास्तवमै ‘The Most Valuable Premium Sedan  को रूपमा स्थापित गरेको छ। हामी यो विश्वव्यापी EV नेपालमा ल्याउन पाउँदा उत्साहित छौं।"

यसमा थप गर्दै, शौर्य अटोमोबाइल्स प्रा.लि. का महाप्रबन्धक श्री अधिर कुमार श्रेष्ठले जोड्दै भन्नुभयो, “१७१ मिमी ग्राउन्ड क्लियरेन्स, ४२० किलोमिटर रेन्ज र अत्याधुनिक सुविधाहरूका साथ, JMEV GSE ले विद्युतीय सवारी साधन बजारमा नयाँ अपेक्षाहरू स्थापना गरेको छ। यो सेडान मात्र सवारी साधन होइन; यो नेपालको विद्युतीय सवारी साधनको परिदृश्यलाई परिवर्तन गर्ने गेम-चेन्जर हो।

 

 

 

 

 

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?