आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

बर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता

काठमाडौं- नेपाली मोटरस्पोर्ट इतिहासमा एक महत्वपूर्ण सफलता हासिल गर्दै बर्षा बस्नेतलेटीभीएस मोटोसोल २०२४को १२५सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पार्न सफल बनेकी छिन्। टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल महोत्सव हो।

विगत ३ संस्करणदेखि चौथौँ संस्करण सम्म आइपुग्दा यसले मानिस र मेसिन विचको सम्बन्धलाई केन्द्रमा राखेर संसारभरका मोटर राइडिङ समुदायहरूलाई एकैठाउँमा उभ्याउँदै आइरहेको छ ।

“टीभीएस मोटोसोल, ईट्स मोर देन अ फेस्टिवल, ईट्स ए फिलिंग”, भन्ने नारासहित आयोजित यो महोत्सवको यो चौथो संस्करण हो ।

महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असिमित उत्साहले भरिदिएको आयोजकहरुले जानकारी दिएको छ ।

महोत्सवको यस चौथौँ संस्करणले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरू, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम, तथा राइडिङ संस्कृतिको विविध पाटोहरूलाई उत्सवका रुपमा मनाउने अवसर प्रदान गरेको छ । विभिन्न मुलुकका मोटर राइडिङ

समुदायहरूको सहभागिता रहेको यस महोत्सवले मोटर स्पोर्ट्सका नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउने थलोको रूपमा आफूलाई स्थापित गर्दै गइरहेको छ ।

बर्षा बस्नेतको यस अद्वितीय सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सकोनक्शामा झन्मजबुत रूपमा प्रस्तुत गरेको छ । टिभिएस मोटोसोलको चौथो संस्करणमा सहभागी भई, उनले आफ्नो साहस, प्रतिबद्धता र कौशल प्रदर्शन गर्दै नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन्।

टिभिएस मोटोसोलका आयोजकहरूले महोत्सवकोसफलताका लागि आभार व्यक्त गर्दै भने, “यो महोत्सव केवल रेसिङ र इभेन्टको बारेमा मात्र नभइ मानिस र मेसिनको अमिट सम्बन्धको उत्सव हो। यो भावना हाम्रो हरेक संस्करणमा झल्किन्छ, र यस वर्ष बर्षा बस्नेतजस्ता प्रतिभाहरूले यसलाई अझ विशेष बनाइदिएका छन्।”

टिभिएस मोटोसोल आगामी वर्षहरूमा पनि यस्तै रोमाञ्चक र प्रभावशाली संस्करणहरू प्रस्तुत गर्दै मोटरस्पोर्ट र मोटरसाइकल राइडिङको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध रहेको आयोजकले बताए ।

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?