‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ बने समा र शिशिर

काठमाडौं -
सनुर्भी इन्टरनेसनल प्रालिको आयोजमा सम्पन्न ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ को उपाधी क्रमशः शिशिर वाग्ले र समा पराजुलीले जितेका छन् । काठमाडौंमा बुधवार बेलुकी भएको प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्वल ताम्राकार घोषित भए । यी मध्ये ’मिस्टर एण्ड मिस नेसनल नेपाल’ का विजेताले ’मिस्टर एण्ड मिस सुप्रानेसनल’ मा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् भने अन्यले सोही शीर्षक अन्तर्गतको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे र तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बु घोषणा भए । समरोहमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले नेपाललाई अन्तर्राष्ट्रीय मञ्चमा चिनाउन शुभकामना आग्रह गर्दै प्रतियोगीलाई शुभकामना दिए ।
‘प्रतियोगिताका विजयीले आफूलाई अन्तर्राष्ट्रिय स्टेजमा अब्बल सावित गर्न सक्नुहोस् शुभकामना छ । तपाइँहरूसँग हामी छौँ । देश चिनाउने अभिनयमा अगाडि बढ्न आग्रह गर्छु’,मन्त्री लिम्बूले भन्नुभयो । उनले बजेटको विषयमा भईरहेको छलफलबाट समय निकालेर युवाको गतिविधीमा सहकार्य गर्न र प्रोत्साहन गर्न कार्यक्रममा आएको बताउदै आफ्नो मन्त्रालयलाई खेलकुदमा मात्र जोडेर नबुझ्न आग्रह गरे ।
‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कारले सहभागी सम्पूर्णको भविष्य उज्वलदेखेको बताए । ‘म एकसातादेखी नेपालमा छु । प्रतियोगीको लगनशीलता र मेहनत देखेर म प्रभावित भएको छु । नेपालमा यसको सुरुआत गरेर प्रतियोगीलाई अन्तर्राष्ट्रिय यात्रा गराउने आयोजकलाई धन्यवाद’, मौलिङ्ग्कारले भने ।
कार्यक्रम आयोजक डाक्टर सन्तोष उपाध्यायले आफैँ ‘मिस्टर सुप्रानेसनल’ मा सहभागी भएकाले युवाको लागि मञ्चको निर्माण गर्नुपर्छ भन्ने लागेर प्रतियोगिताको सुरुआत गरेको जानकारी दिए । ‘म विदेशमा पुगेर तेस्रो उपविजेता बन्न सक्छु भने म भन्दा ट्यालेन्ट नेपाली धेरै छन् । उनीहरुको प्रतिभालाई स्टेजसम्म ल्याउने कोशिश गरेको हुँ । मेरो उदेश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पु¥याउने र जिताउने हो’,डा. उपाध्यायले भन्नुभयो । सोको कोच तथा कोरियोग्राफर प्रशान्त ताम्राकार थिए ।
प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिएँ । त्यसबाट छानिएका अन्तिम सातबाट विजेता चयन भएका हुन् ।

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

प्रतिक्रिया