प्रबल गुरुङको लुगा लगाएर ‘मेट गाला’मा डेब्यू गर्दै आलिया

मुम्बई - अमेरिकाको न्युयोर्कमा हरेक साल मे महिनाको पहिलो सोमबार आयोजना हुँदै आएको मेट गालामा यो साल बलिउड अभिनेत्री आलिया भट्टले डेब्यू गर्ने भएकी छिन् । मेट गालालाई संसारकै सबैभन्दा ठूलो फेसन इभेन्ट मानिन्छ । सेलिब्रेटी, फेसन डिजाइनर र अन्य लब्ध प्रतिष्ठित व्यक्ति सहभागी हुने यो इभेन्टलाई कोष तयार गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ । यो सालको मेट गाला मेकाे पहिलो दिन आयोजना हुँदैछ ।
आलिया भट्टलाई पहिलो पटक निम्त्याएको यो कार्यक्रममा सहभागी हुनका लागि आलियाले नेपाली मुलका फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन लगाउनेछन् ।
उनले यसअघि यही कार्यक्रमका लागि दीपिका पादुकोनको लुगा पनि डिजाइन गरेका थिए । यो कार्यक्रमबाहेक प्रबलले फस्ट लेडी मिसेल ओबामा र उपराष्ट्रपति कमला ह्यारिसका लागि पनि लुगा डिजाइन गरेका छन् । अमेरिकामा डिजाइन पढेका प्रबल गुरुङले केही समय बलिउडका चर्चित फेसन डिजाइनर मनिष मल्होत्रासँग काम गरेका थिए । पछिल्लो समय भने प्रबल अमेरिकामा नै सक्रिय छन् र सेलिब्रेटीका रोजाइका डिजाइनरको रुपमा स्थापित छन् ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया