विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण

काठमाडौँ- नेपालमा विद्युतीय सवारी साधनमा सर्वसाधारणहरूको चासो र आकर्षण बढ्न थालेको छ ।
गत शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको इभि नेपाल एक्स्पोमा सर्वसाधारणहरूको आकर्षण देखिएको हो । तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा दैनिक ७ सयभन्दा बढी विद्युतीय सवारी साधन अवलोकन कर्ताहरू आएको आयोजकले बताएको छ ।
नेपालमा विद्युतीय सवारी प्रोत्साहन गरी सर्वसाधारणलाई विद्युतीय सवारी साधनको बारेमा जानकारी दिन सफल भएको आयोजककाे भनाइ छ । इभि एक्स्पोका आयोजक नारायण क्षेत्रीले तीन दिन भएको एक्स्पोमा विद्युतीय सवारी साधनप्रति सर्वसाधारणहरूको आकर्षण बढेको देखिएको जिकिर गरे । उनले एक्स्पोमा आयोजकले अपेक्षा गरेको भन्दा दोब्बर बढी सर्वसाधारणहरू एक्स्पो अवलोकन गर्न आएको उल्लेख गरे ।
क्षेत्रीले नेपालमा भारतीय कम्पनीका धेरै विद्युतीय सवारीका कम्पनीहरू आउन चाहेको बताए । उनले नेपालमा विद्युतीय सवारी भित्र्याउने मात्रै नभइ विद्युतीय सवारी साधनको व्यवस्थापन आवश्यक रहेको जनाए । उनका अनुसार विद्युतीय सवारी साधनका लागि सरकारले मुलुकभर चार्जिङ स्टेसन बनाउन आवश्यक छ । अबको पाँच वर्षमा ५० प्रतिशत विद्युतीय सवारी साधन पुर्याए मात्रै पनि धेरै नेपाली पैसा नेपाल भित्र नै रहने उनकाे भनाइ छ ।
त्यस्तै विद्युतीय स्कुटर व्यवसायी विनोदप्रसाद न्यौपानेले पछिल्लो समय मानिसहरूको विद्युतीय सवारी साधनप्रति आकर्षण बढेकाले एक्स्पोमा सोचेको भन्दा बढी अवलोकन कर्ताहरू आएको जानकारी दिए । उनले नेपालमा अब विद्युतीय सवारी साधनहरूको भन्दा अरूको सम्भावना कम रहेको पनि बताए । उनले विद्युतीय सवारी साधनप्रति मानिसहरूको आकर्षण बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।
त्यस्तै, इभी नेपाल एक्स्पोका मिडिया संयोजक भुषणकुमार श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय बजारका मानिसहरू नेपालमा आएर विद्युतीय सवारी साधनको एक्स्पो गर्दासमेत सर्वसाधारणको उपस्थित राम्रो छ । एक्स्पोमा भएको उपस्थितिले नेपालीहरूको विद्युतीय सवारी साधनप्रति आकर्षण बढेको बुझ्न सकिने उनले बताए ।
पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्छ ।
एक्स्पोमा विशेषगरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा राखिएका छन् ।

सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो …

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्…

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा, कालोपुलमा खुल्यो अटो प…

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाक…

प्रतिक्रिया