राष्ट्र बैंकलाई दबाब दिन अटोमोबाइल व्यवसायीहरूले आन्दोलन गर्ने

काठमाडौँ- लामो समयदेखि सवारीसाधन आयातमा प्रतिबन्ध लागेपछि सरकार र राष्ट्र बैंकलाई दबाब दिन भन्दै अटोमोबाइल व्यवसायीहरूले आन्दोलन गर्ने भएका छन् ।
नाडा अटो मोबाइल एसोसिएसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सवारी आयातमा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएका हुन् । नाडाका अध्यक्ष ध्रुव थापाले पहिलो चरणमा सामाजिक सञ्जालबाट विरोध प्रदर्शन गर्ने र त्यसपछि कालो ब्यानर प्रदर्शन गर्ने तथा धर्ना दिने लगायतका कार्यक्रमहरूको आयोजना गर्ने जानकारी दिए ।
उनले शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने बताए । अध्यक्ष थापाले अब पनि सवारी आयात प्रतिबन्ध नहटाए अटो व्यवसाय थला पर्ने अवस्थामा पुगेको धारणा राखे । आफूहरूको समस्याका बारेमा पटक पटक राज्यको ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
मंसिर २२ गतेसम्म पनि आफूहरूको मागमा सुनुवाइ नभए दोश्रो चरणको आन्दोलन सुरु गर्ने नाडाले जनाएको छ । विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै गत आठ महिनादेखि पेट्रोलबाट चल्ने निजी सवारीसाधन पूर्ण रूपमा आयात प्रतिबन्ध छ भने दुई पांग्रेतर्फ १५० सीसी तलका मोटरसाइकल मात्रै आयात खुल्ला छ ।
राष्ट्र बैंकले आयात गर्न पाउने गाडीमा शतप्रतिशत मार्जिनको व्यवस्था कायमै राखेको छ ।

सन्दीप क्षेत्री 'फेस अफ रोयल इनफिल्ड' नियुक्त

फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो …

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्…

विद्युतीय गाडीहरूका प्रिमियम एसेसोरिज अब एकै ठाउँमा, कालोपुलमा खुल्यो अटो प…

शशीला मोटर्सले सुर्खेतमा हस्तान्तरण गर्यो १९ वटा गाडी

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाक…

प्रतिक्रिया