‘डिजाइनर रनवे’मा आँचलदेखि मिस नेपाल नम्रतासम्मको क्याटवाक
काठमाडौँ - दरबारमार्गस्थित होटल याक एन्ड यति हायत शनिबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन सोमा सेलिब्रेटीदेखि मोडलसम्मले १२ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्प नापे ।
झिलिमिलि सजावट सहित आयोजना भएको फेसन सोमा ७ भारतिय र २५ नेपाली मोडलले ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरे । ७१ जना फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।
आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गरेको फेसन सोमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मि श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठले सो टपरको रुपमा र्याम्प नापेका थिए ।सेलिब्रेटी, भिआइपी, ब्यवसायी लगायत बिभिन्न प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिती रहेको फेसन शोको कोरियोग्राफी अभिमन्यु सिंह तोमारको रहेको थियो ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया