कम्प्युटरको इतिहास आजभन्दा तीन हजार वर्ष पुरानो

विवेक देवकोटा | जेठ ३, २०८१

निड इज द मदर अफ इन्भेन्सन आज हामीले प्रयोग गर्ने र देख्ने कम्प्युटर जुन धेरै वर्ष पहिला म्याथमेटिकल प्रोब्लम सोलुसन गर्नको लागि प्रयोग गरिएको थियो । त्यसपछि समयको माग अनुसार वैज्ञानिकहरूलाई खोज तथा आविष्कार गर्न र उपलब्धि हासिल गर्न यसको प्रयोग हुन् थाल्यो । 

पहिलो गणना यन्त्र आदिम मानिस (”ढुङ्गे युग” ले मानव र मानव समाजको विकासको एउटा प्रथम इतिहासको प्रारम्भिक चरण युग) हरू द्वारा प्रयोग गरिएको थियो । तिनीहरूले गन्ने औजारको रूपमा लाठी, ढुङ्गा र हड्डीहरू प्रयोग गरे । समयसँगै मानव दिमाग र प्रविधिमा सुधार हुँदै गएपछि थप कम्प्युटिङ उपकरणहरू विकसित भएका छन् । केही लोकप्रिय कम्प्युटिङ उपकरणहरू जुन पहिलादेखि हालसालैका यन्त्रहरूबाट सुरु हुन्छन् ।

पहिलो कम्प्युटर एक कोठा बराबरको हुन्थ्यो आज त्यो अठार इन्चमा समेटिएको छ । अमेरिका, जापान जस्ता देश विकसित हुनुको मुख्य कारण कम्प्युटर आविष्कार र यसको उपलब्धि हासिल नै प्रमुख कारण मानिन्छ ।

विश्वको सबैभन्दा पहिलो कम्प्युटर कुन थियो ? कसले बनाएको थियो ? कम्प्युटर कसले र कहिले प्रयोगमा आएको थियो होला ?

कम्प्युटरको इतिहास आजभन्दा तीन हजार वर्ष पूरानो मानिन्छ । ३०० बि.सि. मा चिनको बेबि लोनियन्सले एक मेसिन बनाएका थिए जसको नाम अबाकस थियो यो एउटा काठको फ्रेमवर्क अनुसारको थियो ।


  
यसमा दुई वाएर लगाइएको हुन्थ्यो दुई वाएर एक अर्कासँग प्यारेलल हुन्थ्यो आज एसको प्रयोग स्कुलमा विद्यार्थीहरूलाई काउन्टिङ सिकाउन प्रयोग गरिन्छ ।
कम्प्युटर बनाउनको श्रेय फ्रन्सको ग्रेट म्याथम्यटिसियन वैज्ञानिक बेलेसि पास्कललाई चिनिन्छ । यिनले १६४२ सालमा डिजिटल कम्प्युटरको इन्भेन्सन गरेका थिए । जसमा नम्बर लगाएको हुन्थ्यो नम्बर डायल गर्दाखेरी कुनै पनि नम्बर आपसमा एड गर्न सकिन्थ्यो यसको प्रयोग एक क्यालकुलेटरको रूपमा प्रयोग हुन्थ्यो ।

डिजिटल कम्प्युटरपछि मेकानिकल कम्प्युटर इन्भेन्सन थियो

डिजिटल कम्प्युटर इन्भेन्सनपछि मेकानिकल कम्प्युटरको इन्भेन्सन थियो । चार्ल्स ब्याबेजले १८२२ सालमा इन्भेन्सन गरेका थिए । चार्ल्स ब्याबेजले यस डिभाईसलाई सिम्पल क्यालकुलेसन गर्नको लागि बनाउनु भएको थियो । यो डिभाइस बनाएपछि चार्ल्स ब्याबेजले फेरि १९३० मा अर्को क्यालकुलेटिङ डिभाईस बनाएका थिए । जसलाई डिफरेनसियल इन्जिनको नाम दिनुभयो । डिफरेनसियल इन्जिनको मद्दतबाट क्यालकुलेसनसम्बन्धी सबै किसिमका म्याथम्यटिकल अपरेसन गर्न सकिन्थ्यो तर चार्ल्स ब्याबेजले आफ्नो यस डिभाइसलाई धेरै एड्भान्स बनाउन चाहनु हुन्थ्यो ।

त्यसैले चार्ल्स ब्याबेज यसमा लगातार रातदिन निरन्तर काम गर्न थाल्नुभयो । गदै जाँदा चार्ल्स ब्याबेजको अचानक ७९ वर्षको उमेरमा १८७१ सालमा बित्नुभयो । चार्ल्स ब्याबेजको मृत्युपछिको ४० वर्षपछि १८८८ मा चार्ल्स ब्याबेजका छोरा हेनरीक ब्याबेजले आफ्नो बुबाको कामलाई अगाडि बढाउन चाहनु भयो र १९३७ मा पहिलो जनरल मेकानिकल कम्प्युटर बनाएर तयार गर्नुभयो जसको नाम एनाटिकल इन्जिन राख्नु भयो । यो यहाँसम्म बनाएको कम्प्युटर मध्ये खास थियो । यो हरेक प्रकारको म्याथम्यटिकल अपरेसनसम्बन्धी समस्याको समाधान गर्न सक्थ्यो । यस बाहेक यसले कम्प्युटर इन्फरमेसनको प्रमानेन्ट मेमोरीको रूपमा सेभ गर्न सक्दथ्यो त्यही भएर यो कम्प्युटर सबै किसिमले मोर्डन टेक्नोलोजी अनुसार काम गर्न सक्थ्यो । त्यसपछि बनेका कम्प्युटर यसलाई नै आधार बनाएर मोर्डन कम्प्युटरको विकास भयो त्यसैले चार्ल्स ब्याबेजलाई कम्प्युटरको पिता भनिन्छ । उनले १९ औं शताब्दीको प्रारम्भमा पहिलो मेकानिकल कम्प्युटरको अवधारणा र आविष्कार गरे ।

कम्प्युटरको इतिहासको पहिलो इलोक्ट्रोनिक कम्प्युटर एबिसि अतनासफ बेरी थियो

कम्प्युटरको इतिहासको पहिला इलोक्ट्रोनिक कम्प्युटर एबिसि अतनासफ बेरी कम्प्युटर थियो । यस कम्प्युटरलाई लोभा स्टेट युनिर्भसिटीका फिजिक्स प्रोफेसर डा. जोन भिनसेनट अतनासफले आफ्नो ग्रेजुवेट विद्यार्थी किलिफड भेन्रीसँग मिलेर बनाइएका थिए ।

कम्प्युटरको इतिहासमा क्रन्ति ल्याउने कम्प्युटर इएनआइएसि इलोक्ट्रोनिक नुमेरिकल इन्टिग्रसन एण्ड कम्प्युटर हो । अर्थात यो १९४५ मा यो दुनियाँको प्रोग्रामएबल, इलोक्ट्रोनिक,जनरल प्रपोज डिजिटल कम्प्युटर जसलाई १९४५ मा बनाइएको थियो । यो कम्प्युटर बनाउने र डिजाइन गर्ने काम यूएस आर्मीले गरेको थियो । त्यसैले यो कम्प्युटर यूएस आर्मीले सबैभन्दा पहिला प्रयोग गरेको थियो । यो कम्प्युटर ठूला ठूला नुम्यारिकल म्याथम्यटिकल अपरेसन प्रोब्लमको समस्याको समाधान गर्न क्यापेबल थियो र यस कम्प्युटरको प्रयोगबाट प्रोग्राम पनि चेन्ज गर्न पनि सकिन्थ्यो । 

इएनआइएसिले आफ्नो क्यालकुलेसन तीस सेकेण्डमा पूरा गर्न सकिन्थ्यो जुन कि एक जना मानिसलाई काम गर्न २० घण्टासम्म लाग्न सक्थ्यो । त्यस समयमा इएनआइएसिले आफ्नो काममा धेरै पपुल्यारेटी दियो तर इएनआइएसिको एक कमजोरी पनि थियो यसको तौल र साइज एकदमै धेरै ठूलो थियो । यसलाई कहीँ कतै राख्नु पर्‍यो भने २० बाई ४० फिटको कोठाको स्पेस चाहिन्थ्यो र यस कम्प्युटरको तौल लगभग ३० टन थियो । यो कम्प्युटर पर्शनल प्रयोगको लागि थिएन यो केबल एक निश्चित एरियामा रहेर जोडिएका निश्चित मानिसले मात्र चलाउन सक्दथे । प्रोग्रामएबल कम्प्युटर बनेको केही समयपछि पूरा विश्वभर एक इन्ड्रसट्रियल रिभुलेसन आयो त्यसपछि विश्वमा रहेका ठूला कम्पनी कम्प्युटर बनाउन र बेचेर पैसा कमाउन चाहन्थे त्यसैले यी कम्पनीले फरक फरक समयमा विभिन्न किसिमका इलोक्ट्रोनिक्स डिभाइस बनाए यी इलोक्ट्रोनिक्स डिभाइसको मद्दतले कम्प्युटरको मोनिट्राइजेसन गर्नमा काम आयो र यसैको बेसिसमा कम्प्युटरको ५ जेनेरेसनमा बाँडिएको थियो ।

पहिलो जेनेरेसन समय १९४०देखि १९५६ 

पहिलो जेनेरेसन समय १९४० देखि १९५६ यस समयमा जुन कम्प्युटर बनाइयो त्यसमा भ्याकुम टयूवको प्रयोग गरिएको थियो । यो कम्प्युटर भ्याकुम साइजमा ठूलो र तौल धेरै हुन्थ्यो जसकारण एकठाउँबाट अर्कोठाउँमा लिन सकिदैनथ्यो इएनआइएसि पनि पहिलो जेनेरेसनको एक हिस्सा हो । यसमा २० हजार भ्याकुम ट्यूव, १० हजार क्यापासिटर र ७० हजार रजिस्टर लगाएको हुन्थ्यो ।

दोस्रो जेनेरेसन समय १९५६देखि १९६३

दोस्रो जेनेरेसन समय १९५६ देखि १९६३ यो जेनेरेसनमा नयाँ टेक्नोलजी थपिएको थियो । जसको नाम ट्रन्जीस्टर थियो यसले पहिलो जेनेरेसनमा लगाइएको भ्याकुम ट्यूवलाई प्रतिस्थापन गरिदियो । भ्याकुम टयूव हटाएर ट्रन्जीस्टर लगाइयो जसले कम्प्युटरको साइज पहिलाको भन्दा सानो र तौल पनि कम भयो संगै कम्प्युटरको प्रोसेसिङ पनि छिटो भयो । यस दोस्रो जेनेरेसन कम्प्युटरमा आइबिएम ७०७०, फिलको ट्रन्सेक एस १००० र आरसिए ५०१ समावेश छन् । यी सबै कम्प्युटरमा टियक्स ० ट्रन्जीस्टरहरू लगाएको थियो । टियक्स ० ट्रन्जीस्टरको इन्भेन्सन १९५६ मा गरिएको थियो १९५६देखि १९६३ सम्म यस प्रकारको कम्प्युटर धेरै प्रयोग गरिएको थियो ।

१९६४ थर्ड जेनेरेसनको सुरुवात

१९६४ मा एक नयाँ टेक्नोलजी आयो जसमा आईसि इन्टिग्रेटेड सर्किट राखियो जसलेकम्प्युटरमा लगाएको ट्रन्जीस्टरको कामलाई विस्थापित गर्‍यो यसले गर्दा कम्प्युटरको साइज दोस्रो जेनेरेसन भन्दा सानो र तौल पनि कम भयो साथै यसले दोस्रो जेनेरेरसनको कम्प्युटर भन्दा धेरै फास्ट क्यालकुलेसन गर्न थाल्यो । आईसि (ईन्टिग्रेटेड सर्किट) को प्रयोगले गर्दा विश्वमा कम्प्युटरको रूप नै बदलियो जुन आजसम्म पनि कम्प्युटरको गति, शक्ति र बहुमुखी प्रतिभा तबदेखि नाटकीय रूपमा बढ्दै गएको छ । त्यसैले थर्ड जेनेरेसनलाई गोल्डेन जेनेरेसन भनेर पनि चिनिन्छ ।

१९७२ चौथो जेनेरेसनको सुरुवात

यो जेनेरेसन यस कारण प्रख्यात भयो कि जुन ठूलो कोठाबाट निक्लेर मानिसहरूको घरको टेवलमा आयो यही जेनेरेसनबाट नै माइक्रो प्रोसेसरको इन्भेन्सन भयो यसले गर्दा कम्प्युटर सुपरफस्टसंगै कम्प्याक्ट र डेस्क्टपसम्म ल्यायो जसलेगर्दा यसलाई सर्वसाधारणले आरामसँग किन्न सक्ने र प्रयोग गर्न सक्थे । यो जेनेरेसनमा अलटायर ८८०० कम्प्युटर, आइबिएम ५१ सय र मिक्राल कम्प्युटर थियो । 

पाँचौँ जेनेरेसनको सुरुवात

यो जेनेरेसन कम्प्युटर युगको मोर्डन जेनेरेसन भनिन्छ जसको सुरुवात २०१० मा आयो र यो अहिले पनि चलिरहेको छ पछिसम्म पनि चल्नेछ यो जेनेरेसन कम्प्युटरमा एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्स पनि समावेश गरिएको छ । एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्स कति पावरफुल छ सबैलाई थाहा नै छ । एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्सले गर्दा मानिसहरू आफ्नो भाषामा कम्प्युटरसँग कुरा गर्न सक्छन् । यसलाई मानिसहरू जुनसुकै कारणले प्रयोग गर्न पनि सक्छन् । कोर्टना, श्री, एलेक्सा जस्ता एआई यस जेनेरेसन कम्प्युटरमा देख्न सकिन्छ ।

यो कम्प्युटरको आविष्कार प्रोफेसर हावार्ड एकिनले सन् १९३७–१९४४ को समयका व्याख्याकार हुन् । यो कम्प्युटर ७,५०,००० भन्दा बढी पार्टपुर्जाहरू मिलाएर बनाइएको थियो । यसको लम्बाइ ५० फिट, चौडाइ तीन फिट र उचाइ आठ फिट थियो । ८ हजार भ्याकम ट्युबहरू (भ्याकुम ट्युबहरू) प्रयोगमा आएका थिए ।
 

यो कम्प्युटर सेनसस ब्यूरे तथा व्यावसायिक संस्थाहरूले प्रयोग गरेका थिए । त्यसैले यसलाई पहिलो व्यापारिक दृष्टिकोणले प्रयोग गरिएको इलेक्ट्रोनिक कम्प्युटर भनिन्छ ।

गिरीबन्धु टी स्टेट प्रकरण - नीतिगत भ्रष्टाचारमा ओलीको साथ

दुर्गा आचार्य | जेठ ३, २०८१

गत माघको तेस्रो साता सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्...

प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री रवि : नबचाऊँ दिनभरको सिकार, बचाऊँ त सहकारीको अनुहार !

जीवन कुँवर | बैशाख २०, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगै प्रतिपक्ष दलहरूले सदनमा बारम्बार सहकारी प्रकरणमा उपप्रधा...