अस्थायी आवासका लागि माओवादी कर्णालीले तीन हजार बढी स्वयंसेवक खटाउने

इकागज | मंसिर ३, २०८०

सुर्खेत- भूकम्प प्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले तीन हजार बढी स्वयंसेवक खटाउने भएको छ ।

माओवादी केन्द्रले पार्टी भित्रका तीन हजार एक सय भोलिन्टियर खटाउने जनाएको छ । हिजो बसेको कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकले प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।  भूकम्प प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले अस्थायी आवास तथा पुनर्निर्माणको कामहरू गर्ने माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ । 

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रभावित क्षेत्रमा खटिनेहरूले अस्थायी आवास तथा पुनर्निर्माण कार्यमा सहयोग गर्नेछन् । प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकहरू कर्णाली प्रदेशभित्रैबाट खटाइने केसीले जानकारी दिइन् ।

प्रत्येक जिल्लाहरूबाट टोली प्रभावित क्षेत्रमा परिचालन गरिने जनाइएको छ । 

भ्रष्टाचार अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएकाे छ : प्रधानमन्त्री

इकागज | मंसिर ३, २०८०

रुकुम पूर्व- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु...

भूकम्पले जाजरकोट र रूकुमका ४० हजार विद्यार्थी प्रभावित

इकागज | कात्तिक २७, २०८०

भेरीगङ्गा (सुर्खेत)- कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभा...

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउँदै कर्णाली सरकार

इकागज | कात्तिक २६, २०८०

सुर्खेत- भूकम्प प्रभावित क्षेत्रमा कर्णाली सरकारले अस्थायी टहरा निर्माण गर्ने भएको छ । जाजरकोट र पश्चि...

भूकम्पले प्रहरी संरचनामा क्षति, त्रिपालबाट सेवा प्रवाह गर्दै प्रहरी

लक्ष्मी भण्डारी | कात्तिक २५, २०८०

सुर्खेत- एक साता यता भूकम्प प्रभावित क्षेत्रका प्रहरीहरू त्रिपालबाटै सेवा प्रवाह गरिरहेका छन् । जाजरक...