सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको छ - अध्यक्ष ओली

इकागज | भदौ १८, २०८१

काठमाडौँ - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् । 

मंगलबारबाट पार्टी कार्यालय च्यासलमा सुरु एमाले पोलिटब्युरो बैठकमा ओलीले देश र जनतामा केन्द्रित भएर सरकार अघि बढेको बताएका हुन् । त्यस्तै ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति सत्ताबाहिर निस्कनुको पीडा मात्रै भएको धारणा राखेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा वार्षिक कार्ययोजना प्रस्तुत गरेको गौतमले बताए । वार्षिक कार्य योजनामा मूलत–पार्टीको सदस्यता नवीकरण, विस्तार, अभिलेखिकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्यांकन लगायत समावेश गरेका छन् । त्यस्तै सरकार र जनप्रतिनिधिहरूको प्रभावकारी परिचालनका साथै जनता र राष्ट्रका पक्षमा वर्तमान सरकारले गरेका कामहरूलाई जनस्तरमा पुर्याइने समेत योजना रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । 

यसैगरी, कार्ययोजनामा पार्टी प्रवेश गरेकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने, पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्ने, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने समेत उल्लेख रहेको गौतमले बताए । 

कार्य योजनामाथि बुधबार सदस्यहरूले धारणा राख्ने र आवश्यक निर्णय लिइने एमालेले जनाएको छ । 

चन्द्र भण्डारीको प्रश्न - एनसेलले जनताबाट पैसा उठाएको छ, त्यो पैसा सरकारले लिनुपर्दैन ?

इकागज | भदौ १८, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका...

सञ्‍चारमन्त्रीले पोखरामा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ - देवेन्द्र पौडेल

इकागज | भदौ १८, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सञ्चारमन्त्रीले पोखरामा दिएको अभिव्यक्तिका विषयम...

हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्याउने काम नगर्न मोदीको चेतावनी

इकागज | भदौ १८, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्य...

प्रधानमन्त्री ओलीले सञ्‍चारमन्त्री गुरुङलाई किन सचेत गराए ?

इकागज | भदौ १७, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा ग...