कांग्रेस पदाधिकारी बैठक बस्दै, उपसभामुख रानाबारे छलफल हुने

इकागज | भदौ २६, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक बोलाएका छन् ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको बताइएको छ । बैठक आज बिहान देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।

सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरूको धारणा बुझ्न खोजेको बताइएको छ । राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ । सत्तारुढ दलबाट निर्वाचित सांसदहरूले आजको प्रतिनिधि सभा बैठकमा उपसभामुख रानाको राजीनामा माग गरेका थिए ।

रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरूको आरोप छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरूलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा रहेकी छन् ।

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्छ: गगन थापा

इकागज | भदौ २५, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि न...

धनराजले भने - पूर्वश्रीमतीको विषयमा मलाई नजोड्नुस्, म माथि तत्काल छानबिन होस्

इकागज | भदौ २५, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगी...

उपसभामुखलाई महाअभियोग लगाएर लोकतन्त्रमाथि धावा नबोल्न रास्वपाको चेतावनी

इकागज | भदौ २५, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई महाअभियोग लगाउने कुरा मान्य नहुने स्पष्ट पारेको छ ।&nb...

मधेसमा माओवादीको ओरालो यात्रालाई प्रचण्डले लगाउन सक्लान ब्रेक ?

इकागज | भदौ २५, २०८१

महोत्तरी- मधेसमा नेकपा  माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्र...

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

इकागज | भदौ २४, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइरालाको दर्शन, सो...