छिमेक

कांग्रेसको टोली र भाजपा अध्यक्षबीच दिल्लीमा भेटवार्ता

इकागज | असोज २१, २०७८

काठमाडौँ – नेपाली कांग्रेसका नेता र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डाबीच भेटवार्ता भएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा भारत भ्रमणमा रहेका कांग्रेस नेता अजय चौरासिया र उदय रानाले बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा भाजपाका अध्यक्ष नाड्डासँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपालतर्फका तीन नेता र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहरसमेत सहभागी रहेको रानाले बताए । उक्त भेटवार्तामा दुई पार्टीबीच सम्बन्ध विस्तारका बारेमा सौहार्दपूर्ण कुराकानी भएको रानाले जानकारी दिए । भारतीय सत्तारुढ दलसँग अन्तरक्रिया बढाउने उद्देश्यले प्रधानमन्त्री देउवानिकट तीन नेताहरू बिहीबार भारत भ्रमणमा गएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो बैठक बसेको भवन संग्रहालयमा परिणत, सर्वसाधारणका लागि खुला

अजय अलौकिक | असार १८, २०७८

चिनियाँ कम्युनिष्ट पार्टीले सन् २०२१ जुलाई १ तारिख आफ्नो स्थापनाको एक सयौँ वार्षिकोत्सव मनाएको छ । उक्...

चिनियाँ राष्ट्रपति सीद्वारा सम्पन्‍न समाजको निर्माण पूरा गर्ने घोषणा

अजय अलौकिक | असार १७, २०७८

बेइजिङः चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० औँ वार्षिकोत्सवको अवसरमा जुलाई १ तारिख बिहान बेइजिङ स्थि...