छिमेक

भारतमा एक नेपालीको मृत्यु

इकागज | असोज ३, २०८०

कञ्चनपुर - भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको छ। ज्यान गुमाउनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ टेडुवाका ३५ वर्षीय कुलबाहदुर शाह रहेका छन्।

भारतको टिल्ला नम्बर ४ मा रहेको तालमा डुबेर उनको मृत्यु प्रहरीले जनाएको छ। भारतको टिल्ला ताल बेलौरी नगरपालिका–१० सँगै जोडिएको सिमावर्ती क्षेत्र हो।

शाह टिल्ला नम्बर ४ का अमरजित सिंहको घरमा काम गर्दै आएका थिए। उनी मंगलबार साँझ घरमा जान्छु भन्दै त्यहाँबाट नेपालतर्फ आएको बुझिएको छ।

उनी घर नपुगेपछि खोजी गर्दा बुधबार बिहान तालमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो। उनको शव परीक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाली मुलका एलेक्स कार्की अष्ट्रेलियाको सत्तारुढ दलबाट सांसद पदका उम्मेदवार

इकागज | माघ १०, २०७९

काठमाडौँ-  पछिल्लो समय प्रवासमा नेपालीहरू बिभिन्न क्षेत्र, तह र तप्कामा उपस्थिति जनाउने क्रम बढ्...

‘चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो’ नोभेम्बर पाँचदेखि हुँदै

अजय अलौकिक | कात्तिक १६, २०७८

बेइजिङ-  चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर पाँचदेखि आयोजना हुने भएको छ । विश्वमै आर्थिक ...

संयुक्त राष्ट्रसंघमा चीनकाे वैधानिकता पुनर्प्राप्तिकाे पाँच दशक

अजय अलौकिक | कात्तिक ८, २०७८

बेइजिङ- आज अक्टुबर २५ तारिख जनगणतन्त्र चीनले संयुक्त राष्ट्र संघमा वैधानिक स्थान पुनः प्राप्त गरेको ५० औँ ...