साहित्य

इकागजकर्मी किशाेर बुढाथोकी सम्मानित

इकागज | फागुन २७, २०७९

सिन्धुपाल्चोक- इकागजकर्मी किशाेर बुढाथोकी सम्मानित भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित प्रगति अंग्रेजी माध्यमिक विद्यालयले 'प्रगति साहित्य सम्मान-२०७९' बाट बुढाथोकी सम्मान गरेको हो । 

साहित्य विधाबाट सम्मानित भएका बुढाथाेकीले खाडी मुलुक कतारदेखि नेपालमासमेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिकाे उत्थान, विकास र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले कदरस्वरूप सम्मान गरेकाे विद्यालयले जनाएकाे छ । बुढाथोकीले कतारमा रहँदा नवाेदित साहित्यिक वाचनालयमा संस्थापक रही प्रवासमा नेपाली साहित्यकाे विकासमा याेगदान गरेका थिए ।

सिन्धुपाल्चोकमा रहेर उनले स्पन्दन साहित्यिक मासिक र गजल सिन्धु मासिककाे सम्पादन गरेका थिए । सिन्धु साहित्य अभिलेखालयकाे संयाेजक, गजल सिन्धुकाे अध्यक्ष, शब्द सारथि, आधुनिक नेपाली गजल अभियानलगायत संस्थामा आवद्ध रही उनी साहित्यकाे विकासमा क्रियाशील छन् ।

उनकाे मरूभूमिकाे साहित्य यात्रा र जूनका आभाहरू कृति प्रकाशित छ ।

बुढाथोकीसँगै प्रगति पत्रकारिता सम्मानबाट दिनेश थापा र प्रगति कला सम्मानबाट पदम दुलाल सम्मानित भएका छन् । विद्यालयले हरेक वर्ष विभिन्न विधामा समाज विकासमा लागि याेगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । थापा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष हुन् ।

२०६० सालबाट पत्रकारिता सुरु गरेका थापा हाल सिन्धु प्रवाह साप्ताहिकका सम्पादक हुन् । राजधानी दैनिक र नेपाल प्रेस डटमा आवद्ध उनले जिल्लामा भएका विपद्लगायतमा समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गराएकाले सम्मान गरिएकाे विद्यालयले जनाएको छ ।

लाेक गायक पदम दुलाललाई गीत संगीतबाट मनाेरञ्जन मात्रै नभई जिल्लाकाे कला तथा पर्यटन विकासमा सघाउ पुर्‍याएकोले सम्मान गरिएकाे हाे ।

सिन्धुपाल्चोकमा जन्मेर राष्ट्रलाई याेगदान गर्ने  विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि  निरन्तर सम्मान प्रदान गर्दै आएको विद्यालयले आफ्नो ३१औं वार्षिकोत्सव समारोहकाे अवसरमा सम्मान प्रदान गरेकाे हाे । मेलम्ची  नगरपालिकाका प्रमुख आइतमान तामाङले सम्मानित हुनेहरूलाई सम्मान पत्र प्रदान गरे ।

किताब माग्‍ने, हातबाट झर्ने र तिनलाई उठाउने निहुँमा बन्‍ने सम्बन्धहरू अब के हुन्छन् ?

गुलजार | फागुन १५, २०७९

चिहाउँछन्‌ किताबहरू  बन्द दराजका सिसाबाट बडो उत्सुकतासाथ हेर्छन्‌ महिनौँसम्म ...

बार्डो (कथा)

ऋतेश | फागुन १३, २०७९

आवाजको न रूप छ, न त स्वरूप । आवाज कुन दिशाबाट आइरहेको छ, मलाई थाहा छैन । सायद यो आवाज म जस्तै अथवा ...

चाैतारामा जम्याे मुक्तक महफिल, श्रेष्ठलाई सिन्धुका ‘मुक्तक सम्राट’ उपाधि

इकागज | फागुन ७, २०७९

सिन्धुपाल्चोक- जिन्दगी शीत हो कर्कलामा टल्कने जिन्दगी गीत हो हृदयभरी घन्कने ज्यूँदै मर्ने लाछीहरूला...

कैलाली जनपुस्तकालयद्वारा विभिन्न राष्ट्रिय पुरस्कारका लागि प्रतिभा छनौट​

इकागज | फागुन ५, २०७९

कैलाली - जनपुस्तकालयले यस वर्ष प्रदान गर्ने विभिन्न राष्ट्रिय पुरस्कारको निर्णय गरेको छ । कैलाली जनपुस्तकाल...