हलिउड/बलिउड

जेम्स बोन्डलाई पछि पार्दै कमाइमा दोस्रो बन्यो ‘डाक्टर स्ट्रेन्ज’

इकागज | जेठ ९, २०७९

लसएन्जल्स - महामारीपछि बक्स अफिसमा कमाउनेमा ‘डाक्टर स्ट्रेन्ज २’ दोस्रो स्थानमा उक्लिएको छ । विश्वभरबाट ८ सय ३ करोड अमेरिकी डलर कमाइ गर्दै फिल्मले दोस्रो स्थान कबजा गरेको हो । पहिलो स्थानमा ‘स्पाइडरमेन:नो अवे होम’ रहेको छ । यो फिल्मले १० अर्ब ८९ करोड डलर कमाइ गरेको थियो । 
महामारीको समयमा प्रदर्शन भएका फिल्ममध्ये यसअघि दोस्रो स्थानमा जेम्स बन्ड सिरिजको ‘नो टाइम टु डाई’ रहेको थियो । यो फिल्मले विश्वभरबाट ७ सय ७४ करोड कमाएको थियो । 

‘डाक्टर स्ट्रेन्ज २’ले घरेलु बजारबाट २ सय ४२ करोड अमेरिकी डलर कमाएको हो भने विदेशी बजारमा ४ सय ६१ करोड कमाएको हो । ‘डाक्टर स्ट्रेन्ज २’ले चीनमा प्रदर्शन नहुँदै यति बिघ्न कमाइ गरेको हो । मार्भल तथा डिज्नेको वितरण रहेको फिल्म रुसमा भने प्रदर्शन भएको थिएन । रुस र युक्रेन युद्धसँगै डिज्नेले रुसमा आफूले वितरण गरेका फिल्म प्रदर्शन नगर्ने घोषणा गरेको थियो ।

आउँदो हप्ता टम क्रुजको ‘टपगन माभरिक’ प्रदर्शन हुँदैछ । यसले भने यो फिल्मको व्यापारको गतिलाई रोक्ने विश्वास गरिएको छ । ‘डाक्टर स्ट्रेन्ज २’मा पहिलो भागमा झैँ नेपालका सन्दर्भ रहेका छन् । तर निर्माण टिमले नेपालमा यी दृश्य नखिची भीएफएक्स गरेको छ । पहिलो भाग भने काठमाडौँको स्वयम्भु र असनमा महत्वपूर्ण दृश्यहरू खिचिएको थियो । 

कंगनाको ज्ञानको पराकाष्ठा : वेदबाट लिइएको हो ‘एभेन्जर्स’, हनुमान र कर्णका नक्कल हुन् ‘थोर’ र  ‘आइरनमेन’

इकागज | बैशाख २९, २०७९

मुम्बई - बलिउड अभिनेत्री कंगना रनावतले हलिउड फिल्महरू प्राचिन धर्मशास्त्रबाट लिइएको दाबी गरेकी छिन् ...