स्वास्थ्य

आज ३६औँ विश्व एड्स दिवस : विश्वमा हरेक दिन ३६ सय सङ्क्रमित थपिन्छन्

इकागज | मंसिर १५, २०८०
काठमाडौँ- आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।  हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ ।     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेख...