सरकार

राहत वितरण सुरु, दुई दिनभित्र खोज-उद्धारका काम सकिन्छ- प्रधानमन्त्री ओली

इकागज | असोज १५, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका  लागि आवश्यक प्रबन्ध गरिएको बताए । क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।​

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलन प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले विपद्का कारण २२४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी दिएका छन् ।

विपद्को घटनाबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।

मुख्य सचिव अर्यालले खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड सडकमा २ अर्ब ५२ करोड, उर्जामा ४ अर्ब, सिचाईंमा एक अर्बको नोक्सानी भएको प्रारम्भिक आकलन रहेको बताए । त्यसैगरी कृषि तथा पशुपंक्षीमा ६ अर्बको नोक्सानी भएको उनले जानकारी दिए ।


 

राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी

इकागज | असोज १५, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्र...

मेलम्चीका बाढीपहिरोपीडितको माग सम्बोधन गर्नेछुः मन्त्री यादव

इकागज | असोज १५, २०८१

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिर...

विपद्का बेला सरकारको भूमिका ठीक भएन भन्नु विरोधका लागि विरोधमात्रै हो - प्रधानमन्त्री

इकागज | असोज १४, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावकारी ढंगले उद्धार, राहत र पुनःनिर्माणका काम अगाडि बढ्ने ब...

'प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधारमा २५ अर्ब भन्दा बढीको क्षति'

इकागज | असोज १४, २०८१

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाध...

विपदबारे पूर्व सूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुग्यो- गृहमन्त्री लेखक

इकागज | असोज १३, २०८१

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले विपद्‍बारे पूर्व सूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत ...